साहित्यिक अभिव्यक्तिमा वक्रोक्तिवादको योगदान
DOI:
https://doi.org/10.3126/kvmrj.v6i1.85874Keywords:
भङ्गीभणिति, उक्तिवैचित्रय, प्रातिपदिक, सुवन्त, आह्लादकारीAbstract
वक्र+उक्ति मिलेर वक्रोक्ति शब्दको निर्माण भएको हो । वक्रोक्ति भनेको टेढोमेडो, घुमाउरो, कुटिल भन्ने अर्थ रहेको हुन्छ । कविले सामान्य कुरालाई पनि वङ्ग्याएर, वर्ण र प्रसङ्ग आदिमा चमत्कार प्रदान गरेर सुन्दर तरिकाले चिटिक्क पारेर प्रस्तुत गर्दछ । जसले गर्दा भावकलाई आनन्द प्राप्ति हुने गर्दछ । वक्रोक्ति सिद्धान्तको स्थापना कुन्तकले एघारौ“ शताब्दीको प्रारम्भमा ‘वक्रोक्ति जीवितम्’ भन्ने काव्यमा गरेका हुन् । उनले वक्रोक्तिको सूक्ष्म तरिकाले वर्णदेखि लिएर प्रबन्धसम्ममा राखी वर्गीकरण गरेका छन् ।
जसलाई मूलतः वर्ण, पूर्वार्ध, परार्ध, वाक्य, प्रकण र प्रवन्ध वक्रता गरी छ प्रकारले अध्ययन गर्दै यिनीहरूका पनि विभिन्न उपभेदको चर्चा गरेको पाइन्छ । कुन्तकले वक्रोक्तिवादको स्थापना गर्नुभन्दा पहिले भामह दण्डीआदि आचार्यहरूले पनि चर्चा गरेका थिए । सर्वप्रथम छैटौ“ शताब्दीका आचार्य भामहले अलङ्कारका प्रकार उल्लेख गर्ने क्रममा अड्तीसवटा अलङ्कारको उल्लेख गर्दै त्यसमध्ये वक्रोक्ति पनि एउटा अलङ्कार भएको वताएका थिए । उनले आफूले चर्चा गरेका अलङ्कार मध्ये अतिशयोक्ति सबैभन्दा महत्वपूर्ण रहेको र अतिशयोक्ति नै वक्रोक्ति रहेको कुरा उल्लेख गरेका थिए । उनी भन्दछन् – यो त्यही वक्रता हो जसले विशिष्टता प्रदान गर्दछ । कविले यसैका निम्ति प्रयत्न गर्नुपर्दछ र यो विना कुनै पनि अलङ्कार बन्न सक्दैन । (पोख्रेल, साहित्यकोश, पृ. ७२४) यसैगरी दण्डीले काव्यादर्श नामक ग्रन्थमा सम्पूर्ण अलङ्कारको मूल आधार वक्रोक्ति उल्लेख गरेर वक्रोक्तिलाई उच्च स्थान दिएका छन् । त्यसपछि वामनले (नवौ“) एउटा अलङ्कारका रूपमा मात्र स्वीकार गरेर वक्रोक्तिको चर्चा गरे भने रूद्रटले वक्ताले एउटा भनाइमा व्यक्त गरेको कुरा स्रोताले भिन्न अर्थमा लिएमा वक्रोक्ति भनिन्छ भनी उल्लेख गरेका छन् । यसप्रकार पूर्ववर्ती आयार्यहरूले वक्रोक्तिलाई विभिन्न तरिकाले प्रस्तुत गरी अलङ्कारका रूपमा माने पनि कुन्तकले यसको विस्तृत चर्चा गर्दै सानो रूप वर्णदेखि लिएर बृहद्रूप प्रबन्धसम्म रहने कुरा बताएका छन् । वक्रोक्तिको महत्व प्रत्येक काव्यमा रहने र वक्तोक्तिका अभावमा वाक्यको अस्तित्व नरहने कुरा गर्दै यसले काव्यलाई चमत्कार प्रदान गर्ने कुरा बताएका छन् ।