किरात सभ्यता निर्माणमा मुन्दुमी महिलाहरूको भूमिका

Authors

  • Sarita Rai

DOI:

https://doi.org/10.3126/kp.v5i5.95208

Keywords:

मुन्दुम, माङ, सभ्यता, संस्कृति, मिथक

Abstract

प्रस्तुत लेख किरात सभ्यता निर्माण गर्नका लागि किराती राई समुदायका महिलाहरूको भूमिका र योगदानसँग सम्बन्धित रहेको छ । किराती समुदायमा प्रचलित मुन्दुमअनुसार आदिम समाज मातृसत्तात्मक थियो । मुन्दुमी मिथकअनुसार आदिम समाजको नेतृत्वदायी भूमिका निर्वाह गर्ने आदर्श मुन्दुमी महिला पात्रहरू बजु चिनीमा, सुम्निमा/हेन्खामा/रिभ्याँमा, नाईमा, तयामा, खियामा, सोइसोइला आदि थिए । मुन्दुमी महिलाहरूले आदिम किरात सभ्यता निर्माणका क्रममा गरेका योगदानबारे उजागर गर्ने यस लेखको मुख्य उद्देश्य रहेको छ । यो लेख किरात राईहरूको भाषा, धर्म, संस्कार संस्कृति र मुन्दुमसम्बन्धी अध्ययन भएकाले यसलाई पूरा गर्नको लागि गुणात्मक र वर्णनात्मक अनुसन्धान विधिलाई अवलम्वन गरिएको छ । यसको तथ्याङ्क प्राप्त गर्नको लागि प्राथमिक स्रोतको रूपमा विभिन्न मुन्दुमी, रिसीमी, नछोङ, धामी साथै जानकार व्यक्ति व्यक्तित्वहरूसँग प्रत्यक्ष अन्तर्वार्ता लगायतका विधिहरूलाई अपनाइएको छ । द्वितीयक स्रोतको रूपमा विषयसँग सम्बन्धित प्रकाशित पुस्तक, किरात राई मुन्दुम र मिथकसँग सम्बन्धित प्रकाशित पुस्तकहरू, अप्रकाशित पुस्तकहरू, शोधपत्र, ई–लाइब्रेरी, जर्नल आदिको उपयोग गरिएको छ ।

Downloads

Download data is not yet available.
Abstract
1
PDF
2

Downloads

Published

2026-06-01

How to Cite

Rai, S. (2026). किरात सभ्यता निर्माणमा मुन्दुमी महिलाहरूको भूमिका. Kirat Pragya किरात प्रज्ञा, 5, 95–103. https://doi.org/10.3126/kp.v5i5.95208

Issue

Section

Articles