बायुङ राई स्यान्तिवा (पहिचान) निर्माण प्रक्रियामा तुम्लोको भूमिका
DOI:
https://doi.org/10.3126/kp.v5i5.95206Keywords:
तुम्लोचा, नक्स, बोकोल, लुःना तुम्लो, स्यान्तिवा, सेलेमि, हङ–सेग्रोAbstract
बायुङ राईको स्यान्तिवा (पहिचान) निर्माणको निम्ति तुम्लो (मुन्दुम) को महत्वपूर्ण भुमिका हुन्छ । विश्वमानचित्रमा र किराती समुदायभित्र ‘बायुङ राई’ भनी पहिचान गराउने मौलिकताको आधार तुम्लोले नै निर्माण गर्दछ । लेखमा बायुङ राईहरूको मौलिक स्यान्तिवा निर्माणमा तुम्लोको भुमिका के–कस्तो हुन्छ भन्ने कुराको वर्णानात्मक रूपमा उजागर गरेको छ । उत्पत्तिकालदेखि मौखिकरूपमा पुस्तान्तरण र प्रचलित हुँदै आएको तुम्लोको विषयवस्तुहरूलाई विश्लेषण गरिएको छ भने तुम्लोलाई बायुङ राई स्यान्तिवाको मुख्य मियोको रूपमा पनि स्थापित गरिएको छ । अध्ययन क्षेत्रमा सञ्चालित तुम्लो सम्बद्ध काजकार्जेहरूमा प्रत्यक्षरूपमा सहभागी भई आवश्यक सुचनाहरू सङ्कलन गरिएको छ । मुख्यगरी सारिखाउमा (पितृकार्जे) रफुङलाम (विवाह) लगायतका विविध जीवन संस्कारहरूको प्रत्यक्ष अवलोकनमार्फत सङ्कलन गरिएको छ । सङ्कलित सुचनाहरूमा विश्व ब्रम्हाण्डको सृष्टि, मानव उत्पत्ति, बायुङ राईको पुर्खाको उत्पत्ति, बायुङ राईको सभ्यताको विकास, संस्कार संस्कृतिहरूको उत्पत्ति र विकास, विविध मूल्यमान्यताहरूको विकासलगायतका सुचनाहरू प्राप्त भएका छन् भने सुचनाहरूको थप स्पष्टता र व्याख्याका निम्ति नक्स, झाम्चा, ङाबुचा/ङामुचा, तुम्लोचालगायतका मुन्दुम सम्बद्ध विद्धत् व्यक्तित्वहरूसँग थप कुराकानी र संवाद गरिएको छ । फलस्वरूप तुम्लोको पवित्रता, अक्षुण्णता, आध्यत्मिकता, शक्ति, दर्शन, महत्व, वस्तुनिष्ठता आदि जस्ता विषयसम्बन्धी सुचना प्राप्त हुनाका साथै तुम्लोप्रतिको बायुङ राईहरूका मौलिक दृष्टिकोण पनि प्राप्त भएको छ । बायुङ राईको स्यान्तिवा निर्माणमा तुम्लोको मुख्य आधार हो । तुम्लो र स्यान्तिवा एक आपसमा नङ र मासुजस्तै परिपूरक सम्बन्ध रहेको छ । तुम्लोले स्यान्तिवा निर्माणमा ऐतिहासिक उत्पत्ति र भूगोल, लो (भाषा) र मौखिक पातुम्री (परम्परा), सामाजिक संरचना, परम्परागत संस्था र निर्णय प्रक्रिया, बायुङ राईको स्वनामकरण र स्वनिर्माण आदि विषयमा भूमिका खेल्दछ ।
Downloads
Downloads
Published
How to Cite
Issue
Section
License

This work is licensed under a Creative Commons Attribution-NonCommercial 4.0 International License.
This license enables reusers to distribute, remix, adapt, and build upon the material in any medium or format for noncommercial purposes only, and only so long as attribution is given to the creator.