दोलोकुम गीत र किराती समुदायको विकास

Authors

  • Lok Bahadur Rai

DOI:

https://doi.org/10.3126/kp.v5i5.95205

Keywords:

लिम्मो, दोलोकुम, हङसेग्रा, अपरिहाय

Abstract

दोलोकुम गीत विवाह समारोह, लिम्मो र हङसेग्रो सिली अनुष्ठानमा गाइने रैथाने मिठो लोक भाका हो । यो गीत गाउँन सजिलो र मिठो हुने भएकाले सबैको जिब्रोमा झुन्डिएको छ । यो बायुङ समुदायको बौद्धिक सम्पत्ति हो । यो गीतलाई बायुङ समाजमा अपरिहार्य मानिन्छ । यस गीतले किरात सभ्यताको विकास क्रमको इतिहास बोकेको छ भन्ने कुरा प्राप्त तथ्य तथ्याङ्कहरूको व्याख्या र विश्लेषण गर्दा पुष्टि हुन्छ । मान्छे खुल्ला आकाशमुनिको बास हुँदा स्वतन्त्र थिए । जब आफूले निर्माण गरेको छानामुनि बास हुन थाल्यो तब सम्पत्तिको तृष्णाले निजी स्वार्थहरू जन्मिएका हुन् । मान्छे सम्पत्तिको तृष्णा र काम वासनाको प्रभावले जुट्न र फुट्न थाले तापनि उनीहरूलाई संस्कृतिले एकतामा बाँध्ने काम गरेको छ । यसमा सामाजिक मूल्य र मान्यताको विकासले महत्वपूर्ण भूमिका खेलेको छ । त्यही आधारबाट समाजमा सम्मान र आदर गर्ने संस्कारको विकास भयो । सामाजिक कानुनको निर्माणको जरा जस्तै हो । यसले व्यक्तिलाई असल चरित्र निर्माण गर्न नैतिक दबाब दिन्छ । जसले व्यक्तिको असल व्यक्तित्व निर्माण गर्न भूमिका खेलेको हुन्छ । त्यो काम दोलोकुम गीतले गरेको छ । यस्तो दूरदर्शी सर्जकको नाम आजसम्म थाहा छैन । गीत लिखित छैन । गीत श्रुति परम्परामा बाँचेको छ । अझैँ सर्जकले संस्कार, विवाह र समारोहमा गाउने गीत दिमागमा नै तयार हुन्छ र उसले विषयवस्तुसँग जोडेर गाउँन थाल्छ । सबैको मन जितेर गाउँछ ।

Downloads

Download data is not yet available.
Abstract
1
PDF
0

Downloads

Published

2026-06-01

How to Cite

Rai , L. B. (2026). दोलोकुम गीत र किराती समुदायको विकास. Kirat Pragya किरात प्रज्ञा, 5, 68–80. https://doi.org/10.3126/kp.v5i5.95205

Issue

Section

Articles