किरात राई जातिको विवाह सम्बन्धी प्रचलित प्रथाजनित कानून

Authors

  • Jit Kumar Rai

DOI:

https://doi.org/10.3126/kp.v5i5.95204

Keywords:

प्रथा, मुन्दुम, ववि, सामै, पाछा, दण्ड, वैतुङ

Abstract

विवाहका सम्बन्धमा निर्माण गरिएका प्रथाजनित प्रावधानहरू नै विवाह सम्बन्धी प्रथाजनित कानून हो । समुदायअनुसार विवाह फरक–फरक प्रावधानहरू रहेका हुन्छन् । किरात राई समुदाय पनि एक प्राचीन जातीय समुदाय हो । यस समुदायका विवाह सम्बन्धमा आप्‌mनै किसिमका प्रावधानहरू रहेको पाइन्छ । ती प्रावधानहरू यस समुदयको प्रचलित विवाह सम्बन्धी वैवाहिक प्रथाजनित कानूनहरू हुन् । यस लेख तीनै प्रचलित वैवाहिक प्रथागत कानूनसँग सम्बन्धित रहेको छ । उनीहरूको वैवाहिक पद्धति वैवाहिक प्रथागत कानूनअनुसार निर्देशित, नियमित र प्रचलनहरूमा आधिरत रहेको पाइन्छ । प्रथागत कानूनअनुसार विवाहका लागि ववि, सामै र पाछा अनिवार्य आवश्यक हुन्छ । तीनै कुराहरूको आधारमा नै विवाहको निर्क्यौल र छिनोफानो हुने र विवाहको वैधको मापन पनि यही कुराहरूबाट हुने गरेको पाइन्छ । विवाह सम्बन्धी प्रथागत कानून कसैले उल्लङ्घन गरेमा मुख्यतया देउदण्ड र राज दण्ड गरी दुई किसिमको दण्ड सजायको व्यवस्था यस समुदायमा रहेको पाइन्छ । वंशपट्टी सात पुस्तापछि हाडफोर्ने र हाडजोड््‌ने व्यवस्था रहेको पाइन्छ । आमातिर दुधमावली, बुढोमावली र कुप्रोमावलीपट्टी (तर्फ) ५ पुस्तासम्म विवाह गर्न निषेध गरेको पाइन्छ । चेली साइनो (फुफु, दिदीबहिनी तर्फको साइनो तिरको साइनोमा पनि विवाह निषेध र दण्डनीय गरेको पाइन्छ । यस समुदायको वैवाहिक प्रथागत कानून मुख्यतया मुन्दुमद्वारा निर्देशित र नियन्त्रित रहेको पाइन्छ । मुन्दुमको मार्गनिर्देशित सिद्धान्तमा आधारित रहेर यस समुदायले विवाह सम्पन्न गर्ने र कसैले सिद्धान्त विपरीत विवाह कार्य गरेमा कारवाहीको भागीदार बनाइने गरेको पाइन्छ ।

Downloads

Download data is not yet available.
Abstract
1
PDF
0

Downloads

Published

2026-06-01

How to Cite

Rai, J. K. (2026). किरात राई जातिको विवाह सम्बन्धी प्रचलित प्रथाजनित कानून. Kirat Pragya किरात प्रज्ञा, 5, 51–67. https://doi.org/10.3126/kp.v5i5.95204

Issue

Section

Articles