चाम्लिङ समुदायमा पाछाको ऐतिहासिक विकास

Authors

  • Jeetman Rai

DOI:

https://doi.org/10.3126/kp.v5i5.95203

Keywords:

पाछा, पुर्खा, हाडफोरा, विवाह, कुटुम्बेरी

Abstract

चाम्लिङ समुदायमा पाछा भनेको खास गरेर वैवाहिक सम्बन्ध जोड्नलाई सात पुस्तापछि वा आठ पुस्तादेखि बाह्र पुस्तासम्म छुट्टयाइएको हाँगा वा समूह हो । पाछालाई अर्को शब्दमा रक्तसमूह पनि भन्न सकिन्छ । चाम्लिङको पाछाको विषयमा विशेष गरेर खोटाङको साकेला गाउँपालिका –२, रतन्छा गाउँमा वि.सं २०८१ साल बैशाखदेखि मंसिरसम्म गरिएको एथ्नोग्राफिक अध्ययन हो । यसमा पाछाहरूको निर्माण हुने प्रक्रियाका साथै आवश्यकता र अन्य विविध क्षेत्रहरूका द्वितीय स्रोतहरूबाट प्राप्त अन्य पाछाहरू समेत समेटिएका छन् । यस अध्ययनमा पाछाहरूको ऐतिहासिक निर्माण, परम्परागत सामाजिक तथा सांस्कृतिक अभ्यासमा आवश्यकताबारे विश्लेषण गर्ने उद्देश्यले यो लेख तयार गरिएको छ । पाछाको ऐतिहासिक पक्ष सम्बन्धी अध्ययन गर्दा विशेष गरेर विवाह वा कुटुम्बेरीको लागि पाछा छुट्टयाइन्छ । मुन्दुमी, रिसिमीहरूका अनुसार चाम्लिङ समुदायमा नायुमा–पाहँ चेली माइती विवाहदेखि सुरु हुँदै पाछा प्रणालीको विकासपछि सातौँ पुस्तापछि मात्र हाडफोरा विवाह वा कुटुम्बेरी चलाउने चलन वा परम्परा रहेको पाइयो । समय र परिस्थितिअनुसार उत्पत्ति र अहिलेसम्मको परम्परागत वैवाहिक संस्कारहरूमा आएको भिन्नताले जन्माएको पाछाले मानव सभ्यताको रीतिस्थिति र नियमकानुन बनाएको देखिन्छ । पाछाको ऐतिहासिक विकासले संस्कार–संस्कृति निर्माण हुन्छ भन्ने प्रस्ट देखिन्छ । जन्मदेखि मृत्युपर्यन्त सबै कार्यहरू पाछाको आधारमा हुने भएकाले यसको महङ्खव त्यति नै रहेको छ । चाम्लिङ संस्कार–संस्कृतिमा एकै पाछाभित्र विवाह वा कुटुम्बेरी चल्दैन । चाम्लिङ समुदायको पाछाहरूको उत्पत्ति, संस्कार, इतिहास, आदिबारे यो विशुद्ध ऐतिहासिक अनुसन्धान भएकाले पत्ता लागेको ज्ञानले बौद्धिक क्षेत्रमा योगदान पुग्ने विश्वास गरिएको छ ।

Downloads

Download data is not yet available.
Abstract
1
PDF
0

Downloads

Published

2026-06-01

How to Cite

Rai, J. (2026). चाम्लिङ समुदायमा पाछाको ऐतिहासिक विकास. Kirat Pragya किरात प्रज्ञा, 5, 40–50. https://doi.org/10.3126/kp.v5i5.95203

Issue

Section

Articles