समसामयिक किराती कवितामा पर्यावरणीय चेतना

Authors

  • Yasoda Rai

DOI:

https://doi.org/10.3126/kp.v5i5.95202

Keywords:

पर्यावरण, रैथाने संस्कृति, प्रकृति, सभ्यता, मुन्दुम

Abstract

प्रस्तुत लेख पर्यावरणसम्बन्धी सैद्धान्तिक मान्यतामा केन्द्रित रही समसामयिक किराती कवितामा पर्यावरणीय चेतनाको अध्ययन र विश्लेषणमा आधारित रहेको छ । समसामयिक किराती कवितामा पर्यावरणको स्वरूप केकस्तो रहेको छ र किराती कविहरूले पर्यावरणीय चेतनालाई समसामयिक कवितामा कसरी प्रतिविम्बन गरेका छन् भन्ने जिज्ञासाको समाधान गर्नु यस लेखको प्रमुख उद्देश्य रहेको छ । यस अध्ययनमा आधारभूत र द्वितीयक स्रोतबाट सामाग्री लिई पर्यावरणसम्बन्धी सैद्धान्तिक मान्यतालाई पाठ विश्लेषणको मुख्य विधिको रूपमा अँगालिएको छ । यसै गरी किराती कविताहरूको विश्लेषणका क्रममा मूलतः आदिवासी किरातीहरूको प्रकृतिसम्बद्ध संस्कृति, जल, जमिन र जङ्गलसँगको नैरन्तर्य सम्बन्ध र प्राकृतिक विनाशको कारण पर्यावरणमाथि परेको नकारात्मक प्रभावसँग सम्बद्ध पर्यावरणीय आवाज र चेतनालाई प्रखर रूपमा अभिव्यक्त गरिएको छ भन्ने तथ्यलाई पुष्टि गरिएको छ । समसामयिक किराती कवितामा प्रकृतिसम्बद्ध संस्कृति, जल, जमिन र जङ्गलसँगको नैरन्तर्य सम्बन्ध र प्राकृतिक विनाशको कारण पर्यावरणमाथि परिरहेको नकारात्मक प्रभावसँग सम्बद्ध पर्यावरणीय मूल्यमाथि विमर्श गर्दै पर्यावरणीय आवाज र चेतनालाई अभिव्यक्त गर्नुमा आदिवासी किराती कविहरूको प्रमुख ध्येय देखिएकाले उनीहरूले पर्यावरणीय आवाज र चिन्तनलाई महत्वकासाथ प्रभावशाली र रागात्मक शैलीका माध्यमबाट प्रतिविम्बन गरेका छन् भन्ने निष्कर्ष यस अध्ययनबाट निकालिएको छ ।

Downloads

Download data is not yet available.
Abstract
2
PDF
0

Downloads

Published

2026-06-01

How to Cite

Rai, Y. (2026). समसामयिक किराती कवितामा पर्यावरणीय चेतना. Kirat Pragya किरात प्रज्ञा, 5, 27–39. https://doi.org/10.3126/kp.v5i5.95202

Issue

Section

Articles