प्रकृति र भेडासँग किरात राई समुदायको सम्बन्ध

Authors

  • Narayan Bhakta Rai

DOI:

https://doi.org/10.3126/kp.v5i5.95201

Keywords:

स्याङ्गी, ऊन, लेक, बेसी, खर्क

Abstract

मानिसका जीवनशैली, रहन–सहन आफू बसोबास गरेको भूगोल र त्यस क्षेत्रको वातावरणको आधारमा निर्माण हुने गर्दछ । अधिकांश राई समुदाय पहाडी क्षेत्रमा बसोबास गर्ने गर्दछन् । त्यसैले उनीहरूको जीवनशैली पहाडको प्रकृति अनुकूल हुने गर्दछ । सोही प्रकृतिमा बाँच्न सक्ने भेडासँग पनि उनीहरूको ऐतिहासिक सम्बन्ध रहेको पाइन्छ । किरात राई समुदायले प्रकृतिलाई देउता मान्ने गर्दछन् भने भेडालाई केवल पशुको रूपमा मात्र नलिएर जीवनयापनको प्रमुख आधारको रूपमा लिने गर्दछन् । किरात राई समुदाय प्रकृति पुजक भएकाले प्रकृतिको विपरीत नभई प्रकृति अनुकूल भएर कसरी जीवनयापनका दर्शन निर्माण गर्दछन् र भेडालाई सांस्कृतिक, परम्परागत ज्ञान, सिप र आर्थिक प्रणालीसँग कसरी जोडेका हुन्छन् भन्नेबारे अध्ययन गर्नु यस लेखको उद्देश्य रहेको छ । यस लेखले आदिवासी ज्ञान प्रणाली (Indigenous Knowledge System) को संरक्षण र यसको सामाजिक–आर्थिक महत्वलाई उजागर गरेको छ । यो अध्ययन पहाडी जीवन, सांस्कृतिक मानवशास्त्र तथा उधौली–उभौली अध्ययनका लागि महत्वपूर्ण हुने छ । किरात राई समुदायको प्रकृति र भेडासँग जीवनयापनका सम्बन्ध र शैलीहरू अत्यन्त अन्योन्याश्रित रहेको हुन्छ भन्ने कुरा यस अध्ययनको प्राप्ति रहेको छ ।

Downloads

Download data is not yet available.
Abstract
1
PDF
0

Downloads

Published

2026-06-01

How to Cite

Rai , N. B. (2026). प्रकृति र भेडासँग किरात राई समुदायको सम्बन्ध. Kirat Pragya किरात प्रज्ञा, 5, 15–26. https://doi.org/10.3126/kp.v5i5.95201

Issue

Section

Articles