नेपाली उपन्यासमा किराती सौन्दर्य

Authors

  • Dhan Prasad Subedi

Keywords:

पहिचान, मानक, विशिष्ट भूगोल, सौन्दर्य,, हेत्छाकुप्प

Abstract

नेपाली उपन्यासमा किराती सौन्दर्यलाई के कसरी प्रस्तुत गरिएको छ भन्ने विषयमा यो लेख केन्द्रित छ । किराती नेपालको प्राचीन जातिको नाम हो । नेपालमा विकसित भएका पुराना सभ्यतामध्येको एक किरात सभ्यताको प्रवर्तकका रूपमा रहेको किराती जातिले विकास गरेका सौन्दर्य मूल्य अर्थात् किरात क्षेत्रमा विकास भएको सौन्दर्यको प्रभाव नेपाली साहित्यका सबैजसो विधामा देख्न सकिन्छ । यस अध्ययनमा नेपाली भाषामा लेखिएका उपन्यासहरूमा किराती सौन्दर्यको अवस्थाको अध्ययन गरिएको छ । किराती सौन्दर्यका प्रमुख मानकका रूपमा विशिष्ट भूगोल, सामाज तथा संस्कृति, भाषा, इतिहास र अधिकारप्रतिको सचेततालाई आधार मानेर गरिएको प्रस्तुत अध्ययनका आधारमा हेर्दा किराती जातिका सामाजिक, सांस्कृतिक, ऐतिहासिक, भाषिक अवस्था तथा किराती जातिको अधिकार र पहिचानलाई उपन्यासमा स्थापना गर्ने प्रयत्न भएको पाइन्छ । नेपाली उपन्यासमा किराती जातिका पात्र, परिवेश, पहिचान र सौन्दर्यको प्रयोग भएका उपन्यासहरूमा रूपनारायणसिंहको भ्रमर (१९९३), ताना शर्माको ओझेल पर्दा (२०२२), विश्वेश्वरप्रसाद कोइरालाको सुम्निमा (२०२५), खगेन्द्र प्रधानाङ्गको हारी (२०५०), विष्णु आभूषणको अनायास (२०५१), शिवकुमार राईको क्षितिज पारिमा (२०५१), धनप्रसाद सुवेदी ‘श्रमिक’ को सानो स्वार्थ भयङ्कर अपराध (२०५२), परिवर्तित संस्करण, २०७८), मोहन विरहीको गाउँले नानी (२०५९), शालिक शातासकको प्यारुला (२०५९), रत्न सुन्चेउरीको सीमा (२०६०), रामकृष्ण बान्तवाको सघन तुवाँलो (२०६४), देश सुब्बाको आदिवासी (२०६४), राजन मुकारुङद्वारा लेखिएका हेत्छाकुप्पा (२०६५) र दमिनी भीर (२०६९), गणेश रसिकद्वारा लिखित आकाशगंगाको ओतमुनि (परिवर्तित संस्करण, २०७६) आदि रहेका छन् । किराती सौन्दर्यको सघन उपस्थिति भने राजन मुकारुङका उपन्यासमा पाइन्छ ।

Abstract
23
PDF
0

Downloads

Published

2026-06-01

How to Cite

नेपाली उपन्यासमा किराती सौन्दर्य . (2026). Kirat Pragya किरात प्रज्ञा, 5, 1-14. https://doi.org/10.3126/kp.v5i5.95199

Issue

Section

Articles

How to Cite

नेपाली उपन्यासमा किराती सौन्दर्य . (2026). Kirat Pragya किरात प्रज्ञा, 5, 1-14. https://doi.org/10.3126/kp.v5i5.95199