राई समुदायको सम्पदा अध्ययन : समीक्षात्मक विश्लेषण

Authors

  • Som Bahadur Dhimal

Keywords:

सामूहिकता, कलाकौशलता, मौखिकपरम्परा, प्रथाजनित, संस्कृति

Abstract

किरात महाजाति हो । उत्तरपूर्वी र पूर्वी भारत, केन्द्रीय र पूर्वी नेपाल, उत्तर बिहार, उत्तर र पूर्वी बङ्गाल, असम र लद्दाखदेखि माथि हिमाञ्चल प्रदेशका किन्नोर जिल्लामा बस्ने तिब्बत बर्मेली भाषा बोल्ने, इण्डोमङ्गोललाई किरात भनिन्छ (न्यौपाने, २०७४, पृ. ११) । नेपालभित्रका किरातको कुरा गर्दा राई यायोक्खामा आबद्ध समुदायका भाषाहरु लिम्बू (याक्थुङबा), सुनुवार (कोइँच), याक्खामात्र नभएर तराईका कोचे, मेचे, धिमाल, थारु, दनुवारलगायत अन्य जातिहरु पनि पर्दछन् । किरात राई यायोक्खामा आबद्ध विभिन्न समुदायहरुको भाषिक विविधता भए तापनि सांस्कृतिक एकता पाइन्छ । राई समुदाय आफैँमा भाषा, संस्कृति, थातथलो, पहिचान, इतिहास, समुदायको आदिवासी लोकज्ञान, सिप, कला, प्रविधि, प्रथाजनित कानुन र अभ्यासहरुमा ज्यादै सम्पन्न समुदाय हो । स्थलगत विवरण सूचीकरण कार्यमा समयसीमा र बजेटको परिधिमा रहेर राईभित्रका विभिन्न समुदायहरुको विवरण सूचीकरण गर्ने कार्य एकसाथ गर्नु सम्भव नदेखिएकाले राई समुदायका विज्ञहरुबाटै खोटाङमा साकेला, ओखलढुङ्गामा मौखिक परम्परा तथा अभिव्यक्ति, सोलुखुम्बुमा कुलुङको अल्लोको तान बुन्ने, खालिङको मुन्दुम र उदयपुरमा नछुङ परम्परा र उपचार पद्धतिको बारेमा विवरण सूचीकरण कार्य सम्पन्न गरिएको थियो । राई समुदायहरुभित्र संस्कृति पक्षले एकता र साझा देखिए तापनि भाषिक हिसाबले समुदाय पिच्छे नै विविधता पाइन्छ । विविधताभित्र एकता र एकताभित्र पनि भाषिक विविधता पाइने समुदाय नै राई हो । सबैको एकता, सहकार्य र सामूहिकताले मात्र उठ्ने उद्देश्यले किरात यायोक्खाले राईभित्रका विभिन्न भाषिक समुदायहरुलाई ऐक्यबद्धता, सहभागी, सहकार्य गर्दै नेतृत्व गरिरहेको अवस्था रहेको छ । राईभित्रका विभिन्न भाषिक समुदायहरुको आफ्नै अमूर्त सांस्कृतिक सम्पदाका विधा र तङ्खवहरुमा पनि मौखिक परम्परा तथा अभिव्यक्तिहरु, अभिनय कलाहरु, सामाजिक व्यवहार, अनुष्ठान तथा चाडपर्वहरु, प्रकृति र ब्रह्माण्डसँग सम्बन्धित ज्ञान तथा व्यवहारहरु र परम्परागत कलाकौशलताहरु रहेका छन् । समुदायको आफ्नै पाकशिक्षा, सामूहिक खेलकुदहरु पनि छुट्टै पाइन्छन् ।

Abstract
156
PDF
0

Downloads

Published

2025-05-27

How to Cite

राई समुदायको सम्पदा अध्ययन : समीक्षात्मक विश्लेषण. (2025). Kirat Pragya किरात प्रज्ञा, 4(1), 101-114. https://doi.org/10.3126/kp.v4i1.79190

Issue

Section

Articles

How to Cite

राई समुदायको सम्पदा अध्ययन : समीक्षात्मक विश्लेषण. (2025). Kirat Pragya किरात प्रज्ञा, 4(1), 101-114. https://doi.org/10.3126/kp.v4i1.79190