राई जातिमा प्रचलित पगरी संस्कृति

Authors

  • Sarita Rai

DOI:

https://doi.org/10.3126/kp.v4i1.79189

Keywords:

पगरी, राई संस्कृति, मुन्दुम, नछुङ

Abstract

पगरी संस्कृति राई समुदायमा प्रचलित एक पवित्र मुन्दुमी शिरपोस हो । यो शिरमा गुथिने वस्त्र, श्रेय, मान, पद, राज्यव्यवस्थाको मान, सम्मानको अर्थमा प्रयोग हुन्छ । फेटा र पगरी दुवै शिरपोस भए तापनि भूमिकाको आधारमा भने अर्थ फरक–फरक रहेको छ । राईहरु बहुभाषी भएकाले पगरीलाई फेटा, दोलो, मुजुरी÷शिरपोस÷आदि नामले सम्बोधन गर्ने गर्दछन । यसको प्रयोग विशेष गरी किरात राईहरुले सांस्कृतिक शुभ–कार्यहरुमा मुख्य व्यक्ति व्यक्तित्वहरुलाई फेटा गुथाएर सम्मान गर्ने किरात राईहरुको परम्परा रहेको छ । किरात राई मुन्दुमअनुसार सायाचोङ्/सायाबूङ् (शिर उठाउँदा) नछुङले मुन्दुम रिसिया  गाउँदै फेटा गुथाएर सायाचोङ् (शिरउठाउने) गर्ने परम्परा रहेको छ । यसरी सायाचोङ् गर्दा पाछा, सामेत्, बबि, सुप्तुलुङ/तीन चुलाको नाम अनिवार्य उल्लेख गर्नुपर्ने मान्यता रहेको छ । यदि यसो नभए फेटाको मुन्दुमी विधि (प्राणप्रतिष्ठा) भएको भने मानिँदैन । त्यसै गरी शिर उठाउने विधाअनुसार मुन्दुम÷रिसियाहरु पनि फरक–फरक हुने गर्दछ । राई समुदायमा प्रचलित पगरीको प्रयोग, महङ्खव, अर्थ, उत्पति तथा ऐतिहासिकता, मुन्दुमी व्याख्या, दर्शन, पगरी पहिराउने विधाहरुबारे प्राज्ञिक अध्ययन गर्ने यस अध्ययनको उद्देश्य रहेको छ । यस लेख तयार गर्दा यसको ढाचा र विषयवस्तु प्रकृतिका हिसाबले गुणात्मक अध्ययन विधि अन्तर्गत इथ्नोग्राफी विधि अपनाइएको छ भने यस लेखमा प्राथमिक तथा द्वितीयक दुवै प्रकारको तथ्याङ् कहरुको प्रयोग गरिएको छ । प्राथमिक स्रोतहरु अनुसन्धकर्ता आफैँ अध्ययन क्षेत्रमा उपस्थित भएर गहण सहभागितामूलक अवलोकन गरी तथ्याङ्कहरु सङ्कलन गरिएको छ । यसै गरी दोलोसँग ज्ञान भएको १२ जना विज्ञहरुसँग प्रत्यक्ष अन्तरर्वार्ता गरिएको छ । द्वितीयक स्रोतको रुपमा फेटासम्बन्धि प्रकाशित पुस्तकहरु, अप्रकाशित पुस्तक, ऐतिहासिक दस्ताबेज, शोधपत्र, ई–लाईबेरी, जर्नल आदिको पनि प्रयोग गरिएको छ ।

Downloads

Download data is not yet available.
Abstract
147
PDF
63

Downloads

Published

2025-05-27

How to Cite

Rai, S. (2025). राई जातिमा प्रचलित पगरी संस्कृति. Kirat Pragya किरात प्रज्ञा, 4(1), 91–100. https://doi.org/10.3126/kp.v4i1.79189

Issue

Section

Articles