साकेला सिली संस्कृति
DOI:
https://doi.org/10.3126/kp.v4i1.79186Keywords:
साकेला सिली, उधौली, उभौलीAbstract
साकेला सिली संस्कृति राई जातिमा प्रचलित अभिनयात्मक मौलिक नृत्यकला हो । लेख्यपरम्परा र भाषाको विकास नभएको बेला आफुले प्राप्त गरेको मौलिक ज्ञान, सिप, कला र सिलीमार्फत यसलाई एक पुस्ताबाट अर्को पुस्तामा निरन्तर रुपमा हस्तान्तरण गर्दै ल्याएको देखिन्छ । यसलाई प्रदर्शनी कलाको रुपमा चिनिन्छ, किनकि यसमा कथा, पात्र, अभिनय, नृत्य, गीतसङ्गीत, वाद्यवादन र भेषभूषा जस्ता अनिवार्य तङ्खवहरुको रुपमा प्रदर्शित हुन्छ । साकेला सिलीका प्रकृति वा स्वरुपले हेर्दा यसमा हाते सिली (हात प्रधान भएको) सिली, खुट्टे सिली (खुट्टा प्रधान भएको), रैका सिली (सामूहिक रुपमा सबैले नाच्न मिल्ने), मुन्दुमी सिलीहरु आदि रहेका छन् । यो सिलीसँग सम्बद्ध संस्कृतिसम्बन्धि केही विद्वानहरुले अध्ययन गरेका छन् तथापि साकेला सिली भनेको के हो ? सिलीको प्रकृति र स्वरुप केकस्तो रहेको छ ? यसलाई प्रदर्शनी कलाको रुपमा किन लिइन्छ ? धिरिनाम र छिरिनाम (उभौली उधौली) मा नाचिने साकेला सिलीहरु केकति प्रकारका हुन्छन् ? भन्ने प्रश्नहरु उत्तर खोजी गर्नु यस लेखको उद्देश्य रहेको छ । यसमा साकेला सिली विषयवस्तु प्रकृतिको हिसाबले गुणात्मक तथा इथ्नोग्राफी अध्ययन विधि अपनाइएको छ । यसमा प्राथमिक र द्वितीयक स्रोतहरु उपयोग गरिएको छ । विभिन्न माध्यमहरुबाट सड्ढलित तथ्याड्ढहरुलाई गुणात्मक तथ्याड्ढ विधिबाट वर्णानात्मक र व्याख्यात्मक पद्धति अवलम्वन गरी विश्लेषण गरिएको छ । तथ्याड्ढहरुलाई सम्पादन, सड्ढतीकरण, वर्गीकरण र तालिकीकरण गरी प्रशोधन गरिएको छ । प्रशोधित तथ्याड्ढहरुलाई प्रस्तुत गरी अध्ययनको निष्कर्ष निकालिएको छ ।
Downloads
Downloads
Published
How to Cite
Issue
Section
License

This work is licensed under a Creative Commons Attribution-NonCommercial 4.0 International License.
This license enables reusers to distribute, remix, adapt, and build upon the material in any medium or format for noncommercial purposes only, and only so long as attribution is given to the creator.