उत्तरवर्ती किराती कवितामा प्रतिरोधी चेतना

Authors

  • Yashoda Rai

Keywords:

रैथाने ज्ञान, मुन्दुम, सभ्यता, सुप्तुलुङ, प्रतिरोधी चेतना

Abstract

प्रस्तुत लेख प्रतिरोधी चेतनासम्बन्धी सैद्धान्तिक आधारमा केन्द्रित रही उत्तरवर्ती किराती कवितामा प्रतिरोधी चेतनाको अध्ययन र विश्लेषणमा आधारित रहेको छ । उत्तरवर्ती किराती कवितामा प्रतिरोधी चेतनाको स्वरुप केकस्तो रहेको छ र प्रतिरोधी चेतनालाई किराती कविहरुले कवितामा केकसरी अभिव्यक्त गरेका छन् भन्ने जिज्ञासाको समाधान गर्नु यस लेखको प्रमुख उद्देश्य रहेको छ । यस अध्ययनमा आधारभूत र द्वितीयक स्रोतबाट सामाग्री लिई प्रतिरोधी चेतनासम्बन्धी सैद्धान्तिक आधारलाई पाठ विश्लेषणको मुख्य विधिको रुपमा अँगालिएको छ । यस लेखमा उत्तरवर्ती किराती कविताको विश्लेषणका क्रममा मूलतः भूगोल, सभ्यता संस्कृति र भाषिकपक्षसँग सम्बद्ध प्रतिरोधी चेतनाका आवाजहरु प्रखर रुपमा अभिव्यञ्जित गरिएको छ भन्ने तथ्यलाई पुष्टि गरिएको छ । उत्तरवर्ती किराती कवितामा भौगोलिक, सांस्कृतिकका साथै भाषिक प्रतिरोधी चेतनाको मूल्यमाथि विमर्श गर्दै किराती प्रतिरोधी चेतना प्रकट गर्नु कविहरुको प्रमुख ध्येय देखिएकाले उनीहरुले प्रतिरोधी चेतनालाई   महत्वकाकासाथ्  प्रभावशाली ढङ्गबाट प्रस्तुत गरेका छन् भन्ने निष्कर्ष यस अध्ययनबाट निकालिएको छ ।

Abstract
175
PDF
2

Downloads

Published

2025-05-27

How to Cite

Rai, Y. (2025). उत्तरवर्ती किराती कवितामा प्रतिरोधी चेतना. Kirat Pragya किरात प्रज्ञा, 4(1), 52-66. https://doi.org/10.3126/kp.v4i1.79181

Issue

Section

Articles

How to Cite

Rai, Y. (2025). उत्तरवर्ती किराती कवितामा प्रतिरोधी चेतना. Kirat Pragya किरात प्रज्ञा, 4(1), 52-66. https://doi.org/10.3126/kp.v4i1.79181