जातीय संस्थाले उठाएको राजनैतिक मुद्दा र किरात राई यायोक्खा
DOI:
https://doi.org/10.3126/kp.v4i1.79178Keywords:
किरात राई यायोक्खा, राजनैतिक मुद्दा, सीमान्तकृत समूहAbstract
प्रस्तुत लेख जातीय संस्थाले उठाएको राजनैतिक मुद्दा र किरात राई यायोक्खाले छैठौँ महाधिवेशनबाट विधान सम्मत अघि बढाएको राजनैतिक मुद्दामा केन्द्र्रित रहेको छ । किरात राई जाति नेपालमा आदिम कालदेखि नै बसोबास गर्ने प्रमुख जाति मात्रै नभई नेपालमा लामो समयसम्म शासन सञ्चालन गर्ने जाति हो । तथापि विभिन्न समयमा घटेका राजनीतिक घटना क्रमसँगै बिस्तारै राजनीतिक, सामाजिक अन्य कुरामा बहिस्कृत हुँदै दोस्रो दर्जाको नागरिक जस्तै बन्न पुग्यो जसले गर्दा उनीहरुको भाषा, धर्म, संस्कार संस्कृति पनि अतिक्रमणमा पर्यो । अतिक्रमणमा परेका यी सबै कुराहरुलाई संरक्षण र सम्बद्र्धन गर्नका निम्ति किरात राई यायोक्खा स्थापना भएको हो । समयक्रमसँगै सामाजिक मुद्दामा मात्र होइन, राजनैतिक मुद्दामा बहस सुरू गर्नुपर्यो भन्ने विषयको खोजी गर्नु यो लेखको उद्देश्य रहेको छ । यस आलेखमा गुणात्मक विधिअन्र्तगत विश्लेषणात्मक अनुसन्धान विधिको उपयोग गरिएको छ । प्राथमिक स्रोतको रुपमा यस विषयसँग सरोकार राख्ने व्यक्ति, अनुसन्धानकर्ताहरुसँग लिएको अन्तर्वार्ता र छलफलका निस्कर्षहरु, विभिन्न सभा सम्मेलनमा व्यक्त विचार र द्वितीयक स्रोतको रुपमा किरात राई यायोक्खाको विधान, मुखपत्रहरु, साथै विभिन्न राजनैतिक दलहरुको विधान दस्ताबेजलाई आधार लिइएको छ । राजनीतिक इतिहासको विभिन्न कालखण्ड र गोर्खा राज्य बिस्तारले आफ्नो मौलिक भाषा, धर्म, संस्कार संस्कृति र राजनैतिक थिचोमिचोबाट सम्पूर्ण किरात राई जातिहरुको सांस्कृतिक, सामाजिक, राजनीतिक, शैक्षिक र प्रशासनिक पहुँच स्थापित गर्न आवश्यक भएकाले किरात राई यायोक्खाले राजनीतिक मुद्दा उठाउन जरुरी देखिन्छ भन्ने यो लेखको निष्कर्ष रहेको छ ।
Downloads
Downloads
Published
How to Cite
Issue
Section
License

This work is licensed under a Creative Commons Attribution-NonCommercial 4.0 International License.
This license enables reusers to distribute, remix, adapt, and build upon the material in any medium or format for noncommercial purposes only, and only so long as attribution is given to the creator.