नेवाहाङ राईहरूको संस्कार “कुलपितृ खामाङ” को उपादेयता

Authors

  • Bhima Newahang Rai

Keywords:

खामाङ्ग, मुन्दुम, पितृपूजा, वचिप्पा, चुला, विछु, सिया

Abstract

खामाङ किरात राई समुदायभित्रको नेवाहाङ राईहरुले पुज्ने कुल हो । प्रस्तुत लेखमा किरात नेवाहाङ ंराई जातीहरुको पितृपूजा “खामाङ” को बारेमा अध्ययन गरिएको छ । यसलाई हेर्ने विभिन्न पक्षहरुमध्ये यो संस्कार पूर्खाहरुको सम्मान र प्रकृतिप्रतिको पूर्ण आस्था जनाउने संस्कार हो भनी यस लेखमा विश्लेषण गरिएको छ । यसमा खामाङसँग सम्बन्धित पूजन गर्ने विधि, रीतिथिती, खानपान प्रकृतिमैत्री रहिआएको र परम्परागत जीवनशैली वर्तमान परिप्रेक्ष्यमा कति वैज्ञानिक छ भनेर तर्क पेस गर्ने प्रयास गरिएको छ । यस समुदायले परापूर्वकालदेखि अङ्गाल्दै आएको कुल संस्कार संस्कृतिभित्रको एक महङ्खवपूर्ण कुलपितृ खामाङका व्यवहारिक, सामाजिक, भावनात्मक, दार्शनिक पक्षहरुलाई उजागर गरी यस लेखलाई सामाजिक, प्राकृतिक र मनोवैज्ञानिक सिद्धान्तको आधारबाट व्याख्या र विश्लेषण गरिएको छ । यो एक सामाजिक, परम्परागत रहनसहन, जीवनयापनसँग सम्बन्धित, आस्था र विश्वासमा आधारित सम्पूर्ण जीवनपद्दति अङ्गीकार गरिएको मूर्त र अर्मूत दुवैको प्रतिविम्ब झल्काउने ‘खामाङ’ मुन्दुमलाई गुणात्मक अनुसन्धान विधिद्वारा सघन रुपमा विश्लेषण र अर्थपूर्ण रुपमा व्याख्या गरिएको छ । नेवाहाङ समुदायका जातिहरु देश परदेशमा बसाइँ सर्दै रोजगारीको सिलसिलामा टाढाटाढा रहनुपर्ने वैश्विक परिस्थिति अनुरुप आफ्नो भाषा, संस्कृति संरक्षण तथा प्रवर्धन गर्नुका साथै यस समुदायको उदीयमान भाबी सन्ततिहरु माझ खामाङको खास उपादेयतालाई दर्शाउन यस लेखको मुख्य उद्देश्य रहेको छ । यस समुदायमा प्रचुर मात्रामा लोकवार्ता, किरात इतिहासका जीवन्त अंश संस्कृति र परम्पराहरु विद्यमान छन् । जे जति अध्ययन गरिएका छन् ती पर्याप्त छैनन् र वैज्ञानिक पद्दतिमा छैनन (राई, २०७८) । उनीहरुले मनाउँदै आएको खामाङ पितृसम्बन्धी गहिराइमा अध्ययन गरिएको नपाइएकाले यस बारेमा सामाजिक मूल्य, मान्यता, विश्वास, जीवनदर्शन, मुन्दुम साहित्य, धर्म संस्कृतिको संरक्षणमा विशेष टेवा पुग्ने अपेक्षासमेत राखिएको छ । लिखित रुपमा ऐतिहासिक दस्तााबेजहरुको अभाव भइरहेको अवस्थामा देश परदेशबाट निरन्तर माग आइरहेको हुँदा यस कार्यले नेवाहाङ राईहरुको कुलसंस्कार संस्कृति खामाङ पितृलाई अक्षुण्ण राख्न अवश्य मदत गर्ने आशा पनि राखिएको छ ।

Abstract
119
PDF
0

Downloads

Published

2025-05-27

How to Cite

नेवाहाङ राईहरूको संस्कार “कुलपितृ खामाङ” को उपादेयता. (2025). Kirat Pragya किरात प्रज्ञा, 4(1), 28-39. https://doi.org/10.3126/kp.v4i1.79080

Issue

Section

Articles

How to Cite

नेवाहाङ राईहरूको संस्कार “कुलपितृ खामाङ” को उपादेयता. (2025). Kirat Pragya किरात प्रज्ञा, 4(1), 28-39. https://doi.org/10.3126/kp.v4i1.79080