किरात पारिबुङको सांस्कृतिक अभ्यास

Authors

  • Nikurdhan Rai

Keywords:

लिङह्वाल, सिमुलाम राप्मा, कुयासाम्बा, द्युप्च्यु होल्मु, वायलुङमा, Simulam Rampa, Kuyasamba, bayalungma

Abstract

पारिबुङ भन्नाले विभिन्न कार्यक्रमस्थल सजावट गर्न टाँगिने कपडा÷कागजको झन्डा वातोरन भनेर बुझिन्छ । किरात थुलुङ राई भाषामा ‘पारी’ भनेको खुला आकाश (पारी = खुलाआकाश), ‘बुङ’ भनेको फूल (बुङ = पूmल) अर्थात् सिधा भाषामा पारिबुङ भन्नाले खुला आकाशमाझुन्डाइएको पूmल भन्ने अर्थ लाग्दछ । त्यसै गरी देवा (मुन्दुमी पुजारी) वा नोक्छो (धामी) हरुलेधार्मिक/सांस्कृतिक अनुष्ठानको अवसरमा शिरमा सिरीपेचको रुपमा लगाउने सांस्कृतिक पहिरनलाई पनि थुलुङ राई भाषामा पारिबुङ नै भन्ने गरिन्छ । सबै भाषिक राई समुदायका देवा र नोक्छोलेशिरमा पारिबुङ लगाएर सांस्कृतिक अनुष्ठान कार्य गर्दछन् यसर्थ पारिबुङ किरात संस्कार संस्कृतिकाअभिन्न अङ्ग हो । पारिबुङविनाको किरात संस्कार सस्कृति अधुरो अपुरो रहन्छ । यति धेरै महङ्खवबोकेको पारिबुङको विषयमा यस लेख भन्दा अगाडि कुनै अध्ययन अनुसन्धान भएको पाइँदैन ।यसकारण पारिबुङको इतिहास, यसको सांस्कृतिक अभ्यासलाई अध्ययन गर्ने उदेश्यका साथ किरातथुलुङ राईहरुको सघन बस्ती रहेका सोलुखुम्बु जिल्ला, थुलुङ दुधकोसी गाउँपालिका अन्तर्गतका गाउँहरु लोखिम, मुलिदेल, पन्चन र खोटाङ जिल्ला, ऐसेलुखर्क गाउँपालिकाका रिब्जुङ गाउँलाईअध्ययन क्षेत्र छनौट गरेर किरात राई समुदायले प्रयोग गर्दै आएका सांस्कृतिक बिम्बहरुका इतिहास र सामाजिक मान्यताबारे अध्ययन गरिएको छ । अध्ययनको क्रममा देवा, नोक्छो तथा किरात राई समुदायका अग्रज व्यक्तित्वहरुलाई स्रोतको रुपमा लिइएको छ । यसै गरी हलेसी तुवाचुङनगरपालिका वडा नम्बर ५ का सामाजिक अभियन्ता तिलक चामलिङ राईसँग पटकपटक पारिबुङकोइतिहास, यसको महङ्खवबारे छलफल भएको छ । अध्ययनको क्रममा ज्ञानको स्रोतको रुपमा छनौट गरिएका व्याक्तित्वहरु किरात मुन्दुम र सभ्यताका ज्ञाता भएकाले पारिबुङको विषयमा गरिएको स्थलगत अन्तरर्वार्ताबाट प्राप्त सबै जनाकारीहरु विश्वास योग्य छन । सामूहिक छलफल र स्थललगतअन्तरर्वार्ता नै यस लेखको अध्ययनविधि हो । यसको अतिरिक्त विभिन्न देशका राष्ट्रिय झन्डा, धार्मिकतथा सङ्घ सस्थाहरुको झन्डाको इतिहास र तिनका अर्थ पनि यस लेखको अध्ययन विधिमा समावेशगरिएको छ ।

Abstract
164
PDF
0

Downloads

Published

2025-05-27

How to Cite

किरात पारिबुङको सांस्कृतिक अभ्यास. (2025). Kirat Pragya किरात प्रज्ञा, 4(1), 20-27. https://doi.org/10.3126/kp.v4i1.79079

Issue

Section

Articles

How to Cite

किरात पारिबुङको सांस्कृतिक अभ्यास. (2025). Kirat Pragya किरात प्रज्ञा, 4(1), 20-27. https://doi.org/10.3126/kp.v4i1.79079