‘कथा–घुमाउने चौतारीमा काभ्राको...’ कवितामा प्रजातिगत पहिचान

Authors

  • Sushanta Gurung

DOI:

https://doi.org/10.3126/kp.v4i1.79078

Keywords:

किरात जाति, प्रजाति, पर्यावरण, पहिचान

Abstract

प्रस्तुत लेख स्वप्निल स्मृतिको ‘कथा–घुमाउने चौतारीमा काभ्राको...’ कवितामा समेटिएको प्रजातिगत स्वरुपहरुको पहिचान र विश्लेषणमा केन्द्रित रहेको छ । यस कवितामा लिम्बू समुदायको परिवेश, इतिहास र प्रजातिगत अभिलक्षणलाई बलियोसँग प्रतिनिधित्व भएको छ भन्ने देखाउँदै कवितामा चित्रित भूगोल, पर्यावरण, भाषिक परिवेश र ऐतिहासिकताको माध्यमबाट प्रजातिगत पहिचानको विश्लेषण गर्नु यस लेखको उद्देश्य हो । यसको सैद्धान्तिक ढाँचा रचना गर्दा हिपोलाइट एडल्फ तेनको प्रजातिसम्बन्धी मान्यतामा आधार बनाइएको छ । सैद्धान्तिक ढाँचा र विश्लेष्य सामग्रीका आधारमा अवधारणात्मक ढाँचाको निर्माण गरी गुणात्मक शोधपद्धतिमा चयन गरिएका पाठको सघन विश्लेषण गरिएको छ । प्रजातिगत पहिचानलाई मुख्य अवधारणा बनाई यस अध्ययनमा कथ्य सन्दर्भ र इतिहास सन्दर्भ खुलाउँदै पात्रका सन्दर्भमा प्रजातिगत पहिचान र सामाजिक तथा सांस्कृतिक सन्दर्भ प्रजातिगत पहिचानको युक्तिलाई अवलम्बन गरिएको छ । यस कवितामा समाविष्ट विशेष प्रसङ्ग, प्रतीक, विम्ब र लयले लिम्बू जनजातिको प्रजातिगत विविध पक्षलाई बलियोसँग पहिचान गराइएको पुष्टि हुन्छ भन्ने स्पष्ट पारिएको छ । पहिचानका सन्दर्भमा भाषा, इतिहास, मिथक आदि महङ्खवपूर्ण हुने भएकाले यी पक्षको अध्ययन गरिएको छ भने अध्ययनबाट कवितामा किरात लिम्बू पहिचान प्रस्ट रुपमा अभिव्यक्त भएको निचोड निकालिएको छ । कथा–घुमाउने चौतारीमा काभ्राको... कवितामा उपलब्ध साक्ष्यहरुले लिम्बूवान–किरात भूमिमाथि बाह्य अतिक्रमण भएको पुष्टि हुने कुरालाई जोड दिइएको छ । राजनीतिक चेतनालाई विम्ब, प्रतीक, मिथकको माध्यमबाट सशक्त रुपमा अभिव्यक्त गरिएको यस कविताले सामाजिक रुपान्तरण र सौन्दर्य चेतनामा पनि सार्थक हस्तक्षेप गरेको निष्कर्ष निकालिएको छ । 

Downloads

Download data is not yet available.
Abstract
114
PDF
72

Downloads

Published

2025-05-27

How to Cite

Gurung, S. (2025). ‘कथा–घुमाउने चौतारीमा काभ्राको.’ कवितामा प्रजातिगत पहिचान. Kirat Pragya किरात प्रज्ञा, 4(1), 5–19. https://doi.org/10.3126/kp.v4i1.79078

Issue

Section

Articles