प्रेतकल्प उपन्यासमा स्थानीयता

Authors

  • Madan Gautam Koteshwor Multiple Campus

Abstract

प्रस्तुत लेखमा नारायण ढकालद्वारा लिखित ‘प्रेतकल्प’ उपन्यासमा सन्निहित स्थानीयताको विश्लेषण गरिएको छ । ‘प्रेतकल्प’ उपन्यासमा हालको कागेश्वरी मनोहरा नगरपालिकाअन्तर्गतका विभिन्न भौगोलिक इलाकालाई आधार बनाएर उपन्यासको परिवेश र विषयगत कार्यपीठिका तयार पारी त्यहाँको विविध सन्दर्भलाई उजागर गरिएको छ । मूलतः मनोहरा नदीको किनारमा रहेका विभिन्न स्थानहरूमध्ये बोडेभन्दा वारिपट्टिको विष्णुमति नदी किनाराको फाँट, त्यस वरिपरिको स्थानलाई ‘दुःखपुर’ नाम दिई त्यसै स्थानलाई उपन्यासको सङ्केन्द्रीकृत स्थान बनाई त्यहाँको स्थानीयतालाई कलात्मक रूपमा प्रस्तुत गरिएको छ । उपन्यासमा हालको कागेश्वरी मनोहरा पालिकामा रहेको उक्त दुःखपुर गाउँ र त्यहाँका युवाको नवचेतनाले १९६९ देखि १९७८ सम्मको नेपालको जहानियाँ निरङ्कुुश राणाशासनको विरुद्धमा तथा समाज रूपान्तरणको पक्षमा बालेको प्रगतिशील सञ्चेतनाको ज्योतिलाई निष्ठापूर्वक प्रस्तुत गरिएको छ । मनोहरा नदीका किनारमा रहेका गाउँहरूको सामाजिक, आर्थिक, जातीय र वैचारिक पक्षलाई यस लेखमा विश्लेषण गरी उक्त क्षेत्रको स्थानीयतामा पाइने बहुविध आयामलाई देखाइएको छ । स्थानीयताको विश्लेषणका लागि यथार्थवादी साहित्य सिद्धान्तले प्रस्तुत गरेका आधारहरूको उपयोग गरी तिनै आधारहरूको मानदण्डमा स्थानीयताको विवेचन गरी उपन्यासमा अन्तर्निहित स्थानीयताका आयामहरूलाई उजागर गरिएको छ । समाज रूपान्तरण र तत्कालीन निरङ्कुुश राणाशासनका हरेक प्रकारका उत्पीडनका विरुद्धमा हालको कागेश्वरी मनोहरा पालिका अन्तर्गत सङ्केत गरिएको दुःखपुर इलाकाले चेतनाको नवदीप बाल्दै गरेको प्रतिरोधलाई निर्धारित उपन्यासमा रहेका विविध औपन्यासिक प्रकरण, सन्दर्भ र प्रतीकात्मक बिम्बका सापेक्षमा पुष्टि गरिएको छ ।

Abstract
59
PDF
52

Author Biography

Madan Gautam, Koteshwor Multiple Campus

Assistant Lecturer

Downloads

Published

2026-07-27

Issue

Section

Articles

How to Cite

Gautam, M. (2026). प्रेतकल्प उपन्यासमा स्थानीयता. Kageshwori Manohara Journal, 1(1), 40-51. https://doi.org/10.3126/kmj.v1i1.97845