‘लूनी’ खण्डकाव्यमा पात्रविधान

Authors

  • सर्पराज रोकाय Midwestern University, Nepal
  • चक्रवती शाह Midwestern University, Nepal
  • उषा शाह Koteshwor Multiple Campus, Kathmandu

DOI:

https://doi.org/10.3126/kmcnj.v6i1.91201

Keywords:

पात्र, पात्रता, सिर्जना, गुणात्मक

Abstract

प्रस्तुत अनुसन्धानात्मक लेखमा ‘लूनी’ खण्डकाव्यमा पात्रविधानमा केन्द्रित रहेको छ । लक्ष्मीप्रसाद देवकोटा नेपाली साहित्यका महाकवि हुन् । यस लेखमा प्रथम सामग्री स्रोतका रूपमा ‘लूनी’ खण्डकाव्यलाई लिइएको छ भने द्वितीय सामग्री स्रोतका रूपमा सन्दर्भ पुस्तक, पुस्तक, लेखरचना, शोधपत्रहरू सामग्री उपयोग गरिएको छ । यस अनुसन्धानका लागि आवश्यक सामग्रीहरू पुस्तकालयीय कार्यका आधारमा सङ्कलन गरिएको छ । यस लेखमा पात्रविधानको व्याख्या विश्लेषण गरिएको छ । देवकोटाद्वारा सिर्जना गरिएको प्रस्तुत खण्डकाव्यमा केकस्ता पक्षबाट पात्रविधानको सिर्जना भएको छ । पात्रविधानले मूल कथ्य र बनावटलाई कसरी व्यक्त गरेको छ भन्ने उद्देश्य राखी यस लेखमा अध्ययन गरिएको छ । यस खण्डकाव्यमा सामन्ती प्रवृत्तिको उजागर गरिएको छ । सामन्ती प्रवृत्तिकै कारणले चोखो प्रेमलाई अवरोध पुर्याएको छ । उच्च वर्गको घमण्डका कारणले गर्दा आना बाबालिकाको भावनाको कदर गर्न नसकेको देखिन्छ । पात्रविधान सिर्जनाका मुख्य कारकका रूपमा रहेका सैद्धान्तिक ढाँचा प्रस्तुत गरी पात्रविधानका मान्यताका आधारमा विश्लेषण गरी पात्रविधानका दृष्टिले उक्त खण्डकाव्य प्रभावकारी छ भन्ने निष्कर्ष प्रस्तुत गरिएको छ । यस खण्डकाव्यको विश्लेषण्का लागि मुख्य रूपमा पात्रविश्लेषण विधिको प्रयोग गरी गुणात्मक निष्कर्ष प्रस्तुत गरिएकोले यस अनुसन्धानात्मक लेखको समग्र पद्धति गुणात्मक रहेको छ । यस लेखमा ‘लूनी’ खण्डकाव्यको पात्रविधानको चिरफार गरी गुणात्मक रूपले विश्लेषण गरेर निष्कर्षमा पुगिएको छ ।

Downloads

Download data is not yet available.
Abstract
9
PDF
6

Downloads

Published

2026-02-24

How to Cite

रोकाय स., शाह च., & शाह उ. (2026). ‘लूनी’ खण्डकाव्यमा पात्रविधान . K. M. C. Nepali Journal के. एम. सी. नेपाली जर्नल, 6(1), 93–103. https://doi.org/10.3126/kmcnj.v6i1.91201

Issue

Section

Articles