उपकारी दान र परोपकार: एक विवेचना
DOI:
https://doi.org/10.3126/kmcnj.v6i1.91200Keywords:
उपकार, उपकारी, चन्दा, दान, निस्वार्थ, पवित्र भावAbstract
परोपकार निस्वार्थ भाव राखि पवित्र उद्देश्यले अरूको हित वा कल्याणका लागि गरिने सहयोग हो । यस्तो सहयोगका माध्यम विभिन्न हुन सक्छन् । यसैले परोपकारका लागि धनसम्पत्ति नै चाहिन्छ भन्ने मान्यता राख्नु हुँदैन । परोपकारले मानवता प्रवद्र्धनमा महत्वपूर्ण योगदान गर्दछ । त्यसैले विपत्तिको समयमा मानिसले परोपकारी व्यक्ति र संस्थालाई आशाको दृष्टिबाट हेरेका हुन्छन् । परोपकारी कार्यका लागि स्रोत जुटाउने प्रमुख स्रोत स्वेच्छाले दिइने दान हो । त्यसैले धेरै मानिसले दानलाई परोपकारको पर्यायवाची शब्दको रूपमा लिएको पाइन्छ । परोपकारसम्बन्धी पश्चिम साहित्यमा उपकारी दान र परोपकारका सम्बन्धमा केही आधारभूत अन्तर देखाउने गरिएको छ । उपकारी दानलाई मनद्वारा निर्देशित हुने, पीडा, कष्ट वा जोखिममा रहेकाहरूलाई उपलब्ध गराइने तात्कालिक राहत वा सहयोग भनिएको छ भने परोपकारलाई पीडा वा कष्टमा पर्नुका कारणको खोजी गरी त्यसको संवोधन गर्न चालिने कदम र दिगो समाधान खोज्ने प्रकृतिको मश्तिप्कद्वारा निर्देशित कर्म वा सहयोग भनिएको छ । प्रायः सबै धर्मले दान र परोपकारलाई उच्च कोटिको मानवीय कार्य र यसको माध्यमबाट ईश्वरमा आस्था राख्नेहरूले ईश्वरलाई खुसी गराउन सकिने भनेर मानेका छन् । ईश्वरमा आस्था नहुनेहरू वा आस्तिकका लागि पनि परोपकार एक आधारभूत सामाजिक दायित्व निर्वाह गर्ने माध्यम हो । धेरैमा दान दिन र परोपकार गर्न धेरै सम्पत्ति चाहिन्छ भन्ने बुझाइ छ । तर वास्तविकता त्यो होइन किनभने धन दिन नसक्नेले सार्वजनिक हित हुने कार्यमा श्रमदान गरेर, आफ्नो ज्ञान, सिप र श्रमको उपयोग गरेर महत्वपूर्ण सहयोग गर्न सक्छन् । समाजलाई समुन्नत र सहिष्णु बनाउन धनसम्पत्तिका अतिरिक्त बुद्धि विवेकको खाँचो पर्छ र यसको निस्वार्थ उपयोगबाट योगदान गर्न सकिन्छ । हामी सबैमा परोपकारी बन्न सक्ने सम्भावना छ । यसको लागि परोपकार के हो, किन र कसरी भन्ने कुरा बुझाउनु जरुरी छ ।