चिलाहा रतवल सामुदायिक ग्रामीण होमस्टेमा दिगो विकासको अभ्यास
DOI:
https://doi.org/10.3126/kmcnj.v6i1.91198Keywords:
दिगो विकास, सामाजिक परिवर्तन, आर्थिक विकास, वातावरणीय संरक्षणAbstract
प्रस्तुत लेखमा नेपालको गण्डकी प्रदेशअन्तर्गत नवलपुर जिल्लाको कावासोती नगरपालिका– १०, चिलाहास्थित चिलाहा रतवल सामुदायिक ग्रामीण होमस्टेको दिगो विकास अभ्यासबारे अध्ययन गरिएको छ । क्षेत्रगत अध्ययन, भ्रमण र अवलोकन साथै प्रश्नावलीका माध्यमबाट सङ्कलित तथ्य÷सामग्रीको विश्लेषणका लागि पुस्तकालयीय कार्यसमेतको उपयोग गरी दिगो विकास अवधारणाका सामाजिक परिवर्तन, आर्थिक विकास र वातावरणीय संरक्षण तीन मूल आधारस्तम्भको परिमाणात्मक र गुणात्मक अभ्यासको विश्लेषण गरिएको छ । नेपालको गण्डकी प्रदेशअन्तर्गत नवलपुर जिल्लाको कावासोती नगरपालिका, चिलाहास्थित चिलाहा रतवल होमस्टेलाई मूल अध्ययनक्षेत्र बनाएर विषयसम्बद्ध तथ्य–तथ्याङ्कको सङ्कलन, तालिकीकरण गरी तिनको विश्लेषणका लागि आवश्यकताअनुरूप सामान्य तथ्याङ्कशास्त्रीय मान (प्रतिशत) को समेत प्रयोग गरिएको छ । तथ्यको विश्लेषण गर्दा सामाजिक आयामअन्तर्गत लैङ्गिकता, विकासमा सरकारको सहभागिता, शिक्षाको पहुँच, स्वस्थ्य जीवनशैली, लैङ्गिक समानता, सांस्कृतिक सरक्षण र प्रवद्र्धनजस्ता पक्षको; आर्थिक आयामअन्तर्गत आत्मनिर्भरता, प्राकृतिक साधनस्रोतको सदुपयोगबाट रोजगारी सिर्जना, आयआर्यनका विभिन्न माध्यमबाट समान आयको वितरणप्रणाली आदि पक्षको र वातावरणीय आयामअन्तर्गत वातावरणी सचेतना, वातावरणीय संरक्षणका गतिविधि, वातावरणको शुद्धताबाट परेका प्रभाव आदि पक्षको विमर्श गरिएको छ । निर्धारित क्षेत्रको अध्ययनबाट विश्वव्यापी विकास अवधारणाको रूपमा संयुक्त राष्ट्र सङ्घबाट अनुमोदित दिगो विकास कार्यक्रम नेपालको गण्डकी प्रदेशअन्तर्गत काबासोती– १० चिलाहास्थित चिलाहा रतवल सामुदायिक ग्रामीण होमस्टेमा सकारात्मक, विकासात्मक र प्रभावकारी ढङ्गले अभ्यास भइरहेको निष्कर्ष प्राप्त भएको छ ।