प्रजापति जातिको पुख्र्यौली पेसामा आधुनिकीकरणको प्रभाव

Authors

  • पार्वती थापामगर Koteshwor Multiple Campus
  • ममता पाण्डे Koteshwor Multiple Campus

Keywords:

आर्थिक आधार, पेसागत सङ्कट, विदेश पलायन, सामाजिक आधार

Abstract

प्रस्तुत लेखमा प्रजापति जातिको पुख्र्यौली पेसामा आधुनिकताले पारेका प्रभावको विमर्श गरिएको छ । आधुनिकीकरणले मानव जीवनका विभिन्न पक्षमा प्रभाव पारेको देख्न्न सकिन्छ । योसँगै विभिन्न जातजातिको पुख्र्यौली पेसामा पनि प्रभाव पारेको देख्न्न सकिन्छ । त्यसबाट प्रजापति जाति पनि अछुतो रहेको देखिन्न । यस लेखमा भक्तपुर जिल्लाको मध्यपुर ठिमी नगरपालिका, वडा नं ६, चपाचो क्षेत्रमा बसोबास गर्ने प्रजापति जातिको पुख्र्यौली पेसामा आधुनिकीकरणले पारेको प्रभावको अध्ययन गर्नाका लागि उक्त क्षेत्रका ३० घरधुरीलाई नमुनाका रूपमा लिई तथ्याङ्क सङ्कलन गरिएको छ र सङ्कलित ती तथ्याङ्कलाई आर्थिक, सामाजिक र पेसागत आधारबाट विश्लेषण गरिएको छ । यस अध्ययनबाट आधुनिकीकरणले एकातिर मेसिनको प्रयोगतर्फ त्यहाँका मान्छेलाई प्रभावित प्रेरित गर्नाले उत्पादनमा बढोत्तरी भएको र यो यसको सकारात्मक प्रभाव रहेको र अर्कातिर आधुनिकीकरणका कारण त्यहाँका युवा पुस्ताको पलायनका कारण पेसागत सङ्कट उत्पन्न भएको नकारात्मक प्रभाव परेको तथा चुनौती उत्पन्न भएको निष्कर्ष प्राप्त भएको छ ।

Abstract
78
PDF
0

Downloads

Published

2026-02-24

How to Cite

प्रजापति जातिको पुख्र्यौली पेसामा आधुनिकीकरणको प्रभाव . (2026). K. M. C. Nepali Journal के. एम. सी. नेपाली जर्नल, 6(1), 44-57. https://doi.org/10.3126/kmcnj.v6i1.91197

Issue

Section

Articles

How to Cite

प्रजापति जातिको पुख्र्यौली पेसामा आधुनिकीकरणको प्रभाव . (2026). K. M. C. Nepali Journal के. एम. सी. नेपाली जर्नल, 6(1), 44-57. https://doi.org/10.3126/kmcnj.v6i1.91197