मास्क कथामा वर्गीयता

Authors

  • केशव सुवेदी Koteshwor Multiple Campus

Keywords:

प्रगतिवाद, प्रतिरोध, वर्गीयता, शोषण, श्रमको मूल्य

Abstract

प्रस्तुत लेख केशवराज ज्ञवालीको ‘मास्क’ कथामा वर्गीयताको अध्ययनमा आधारित छ । नेपाली समाजको वर्गीय अवस्था र त्यसले सिर्जना गरेको विभेद, श्रमको मूल्यमा सामाजिक तथा सांस्कृतिक प्रभाव, श्रमिक वर्गको प्रतिरोधी चेतना र श्रमिकको अवस्थाको अभिव्यक्ति उनका कथामा पाइन्छ । माक्र्सवादी दर्शनबाट प्रभावित ज्ञवाली प्रगतिवादी साहित्यिक मान्यताअनुसार विभेदयुक्त समाज, मालिक तथा पुँजीपतिले श्रमिकलाई गर्ने शोषण, श्रमको सामाजिक तथा सांस्कृतिक मूल्य, श्रमिकको पसिनाको अवमूल्यनका साथै कमजोर श्रमिकका अवस्थाको चित्रणमा केन्द्रित भएको देखिन्छ । ज्ञवालीको प्रस्तुत कथामा मालिक वर्गले श्रमिक वर्गलाई गर्ने अन्याय, अत्याचार र शोषणको स्थिति कस्तो छ, त्यसको विरोधी चेतना शोषित वर्गमा केकसरी प्रकट भएको छ, समाजमा श्रमको मूल्य कस्तो छ र लेखकीय वर्ग पक्षधरता कुन वर्गमा देखिन्छ भन्ने जिज्ञासाको समाधान गर्ने उद्देश्य यस अध्ययनको रहेको छ । यस उद्देश्यपूर्तिका निम्ति उपन्यासमा अभिव्यक्त वर्गीयता तथा वर्गीय पक्षधरताको व्याख्या–विश्लेषण गर्न सोद्देश्यमूलक ढङ्गले सामग्रीको सङ्कलन गरी माक्र्सवादी मान्यताअनुरूप सङ्कलित सामग्रीको विश्लेषण गरिएकाले यसमा निगमनात्मक विधिको प्रयोग गरिएको छ । वर्गयुक्त नेपाली समाजमा श्रमको अवमूल्यनका साथै श्रमको सामाजिक तथा सांस्कृतिक मूल्य रहेको र वर्गीय चेतनाका साथै आफूमाथि विभेद भएको बोध भएमा मात्र निम्नवर्गले मुक्ति पाउन सक्ने निष्कर्ष प्रस्तुत अध्ययनबाट प्राप्त भएको छ ।

Abstract
61
PDF
0

Downloads

Published

2026-02-24

How to Cite

मास्क कथामा वर्गीयता . (2026). K. M. C. Nepali Journal के. एम. सी. नेपाली जर्नल, 6(1), 35-43. https://doi.org/10.3126/kmcnj.v6i1.91196

Issue

Section

Articles

How to Cite

मास्क कथामा वर्गीयता . (2026). K. M. C. Nepali Journal के. एम. सी. नेपाली जर्नल, 6(1), 35-43. https://doi.org/10.3126/kmcnj.v6i1.91196