भूमिहीन सुकुमवासी महिलाहरूमा सन्तानोत्पादन सचेतना
DOI:
https://doi.org/10.3126/kmcnj.v6i1.91195Keywords:
गर्भधारण, गर्भनिरोध, जन्मान्तर, बन्ध्याकरण, परिवार नियोजनAbstract
प्रस्तुत लेखमा भूमिहीन सुकुमवासी महिलामा सन्तानोत्पादन सचेतना कस्तो रहेको छ भन्नेबारे अध्ययन गरिएको छ । भूमिहीन सुकुमवासी महिलाको परिवार नियोजनका साधनमा पहुँच र प्रयोगका सम्बन्धमा खासै अध्ययन नभएको देखिएको सन्दर्भमा काठमाडौं महानगरपालिका वडा नम्बर ३२ स्थित जडीबुटी क्षेत्रमा बसोबास गर्ने भूमिहीन सुकुमवासी महिलाहरूको परिवार नियोजनका साधनहरूमा पहुँच र प्रयोगबारे जानकारी लिने विषयमा यो अध्ययन केन्द्रित छ । अध्ययन लक्षित क्षेत्रमा आफैं उपस्थित भएर उद्देश्यमूलक नमुना छनोट गरी प्राथमिक स्रोत र अन्य आवश्यक सूचना द्वितीय स्रोतबाट संकलन गरी तिनलाई गुणात्मक र मात्रात्मक विधिबाट प्रस्तुत गरिएको छ । नेपाल सरकारले परिवार नियोजनका साधनहरू सहज रुपमा उपलब्ध गराई प्रयोगका लागि प्रेरित गर्ने र सेवा सुविधा प्रदान गर्ने भन्दै आए पनि अध्ययन क्षेत्रका महिलाहरूमा यसबारे खासै उचित परामर्श र पहुँच पुग्न नसकेको निष्कर्ष निकालिएको छ ।