डिजिटल अन्तरवैयक्तिक हिंसाको आनुभविक विश्लेषण

Authors

  • उपमा भण्डारी Koteshwor Multiple Campus

Keywords:

अनुभव विश्लेषण, डिजिटल पारस्परिक हिंसा, मानसिक स्वास्थ्य, विश्वास निर्माण, व्यक्तिगत प्रतिबिम्ब

Abstract

सूचना र प्रविधिको तीव्र विकास सँगसँगै व्यक्तिको जीवनशैलीमा समेत परिवर्तन आएको छ । सञ्चार प्रविधिले जीवनलाई सजिलो बनाए तापनि अन्तरव्यक्तिगत हिंसाका विभिन्न स्वरूपहरू बढ्दै गइरहेका छन्। डिजिटल अन्तरव्यक्तिगत हिंसामा प्रायः पारस्परिक सम्बन्धको सुरुवात अपरिचित सम्बन्ध हुँदै एकअर्कामा विश्वास कायम गर्दै अपनत्वको भावनासहित सम्बन्ध गहिरिँदै जान्छ, जसबाट व्यक्तित्वमा विश्वास र समर्पितको भावनाले हिंसात्मक व्यवहारको सामना गर्ने परिस्थितिको सिर्जना गर्छ । यस अध्ययनले डिजिटल अन्तरव्यक्तिगत सम्बन्धहरूमा हिंसाका स्वरूपहरूको सुरुवात र विकास, यी अनुभवहरूले व्यक्तिहरूको जीवनमा पारेको प्रभाव अध्ययन गर्छ, जसका लागि गुणात्मक अनुसन्धानमा फेनोमेनोलोजिकल ढाँचामा व्यक्तिले अनुभव गर्ने हिंसात्मक व्यवहारको सुरुवात र विकास एवं त्यसले व्यक्तिगत जीवनमा परेको प्रभावको अध्ययन गर्छ । कोटेश्वर बहुमुखी क्याम्पसमा बी.ए. प्रथम वर्ष र चौथो वर्षमा स्वास्थ शिक्षा लिई अध्ययनरत सहभागीहरूसँग गहन अन्तर्वार्ता असंरचित प्रश्नहरू प्रत्यक्ष अन्तरक्रियाबाट अनुभव सङ्कलन गरिएको छ । प्रस्तुत अध्ययनबाट डिजिटल अन्तरव्यक्तिगत सम्बन्धमा हिंसा प्रायः विश्वास र सञ्चार निर्माणबाट सुरु हुन्छ, निरन्तर अन्तरक्रियाले भावनात्मक सम्बन्ध बढ्दै जान्छ अन्तरक्रियाका क्रममा जब वास्तविकताको अनुभूति हुन्छ तब सम्बन्धमा नकारात्मक प्रतिक्रिया र दुव्र्यवहारमा परिवर्तन हुन्छ जुन अनुभवले व्यक्तिगत प्रतिबिम्ब बनाउँछ त्यही प्रतिबिम्बले डिजिटल हिंसाका खराब अनुभव भविष्यमा नदोहोरिने जागरुकता पैदा गराउने निष्कर्ष प्राप्त भएको छ ।

Abstract
96
PDF
0

Downloads

Published

2026-02-24

How to Cite

डिजिटल अन्तरवैयक्तिक हिंसाको आनुभविक विश्लेषण. (2026). K. M. C. Nepali Journal के. एम. सी. नेपाली जर्नल, 6(1), 1-12. https://doi.org/10.3126/kmcnj.v6i1.91191

Issue

Section

Articles

How to Cite

डिजिटल अन्तरवैयक्तिक हिंसाको आनुभविक विश्लेषण. (2026). K. M. C. Nepali Journal के. एम. सी. नेपाली जर्नल, 6(1), 1-12. https://doi.org/10.3126/kmcnj.v6i1.91191