‘मेरो चोक’ कवितामा वर्णप्रयोग
DOI:
https://doi.org/10.3126/kmcnj.v5i5.73764Keywords:
वर्णप्रयोग, नेपाली भाषाका वर्णहरू, घुम्ने मेचमाथि अन्धो मान्छेAbstract
प्रस्तुत लेखमा कवि भूपी शेरचनको एउटा कवितालाई मात्र शोध क्षेत्रका रूपमा ग्रहण गरी त्यसमा वर्णहरूको वितरण स्थितिको मात्र विश्लेषण गरिएको छ । ‘मेरो चोक’ कविताबाट तथ्यहरूको सङ्कलन गरी वर्णविज्ञानको स्थापित सिद्धान्तका आधारमा नेपाली भाषाका वर्णहरूको प्रतिमान निर्धारण गर्दै विश्लेष्य कवितामा रहेका वर्णहरूको अध्ययन गरिएको यस लेखमा कवि भूपी पश्च, निम्नमध्य र अगोलित स्वरको अनि शिखर वत्स्र्य, सङ्घर्षी, नासिक्य, पाश्र्विक, कम्पित, अद्र्धस्वर, अघोष र अल्पप्राण व्यञ्जन वर्णको नेपाली भाषाका सापेक्षतामा बढी प्रयोग गर्ने कविका रूपमा चिनिएका छन् । यसरी सापेक्षिक रूपमा एकै स्वभावका वर्णहरूको अधिक प्रयोग गरेर कविले कविताको भाषिक सौन्दर्यलाई बढाएको देखिन्छ । खण्डेतर वर्णका रूपमा रहेको अनुनासिकता भने यस कवितामा ‘आ’ स्वरसँग मात्र मिसिएर आएको छ । घुम्ने मेचमाथि अन्धो मान्छे कवितासङ्ग्रहको पहिलो कविताका रूपमा रहेको ‘मेरो चोक’ कवितामा वर्णप्रयोगको स्थितिको अध्ययन गर्दा यसमा नेपाली भाषाको पहिलो स्वर वर्ण र पहिलो व्यञ्जन वर्ण नै सबैभन्दा बढीपटक आवृत्त भएको छ ।