समकालीन नेपाली कवितामा किराती सौन्दर्य चिन्तन
DOI:
https://doi.org/10.3126/kmcnj.v5i5.73759Keywords:
किराती सौन्दर्य चिन्तन, नेपाली कविता, किराती सौन्दर्यशास्त्रAbstract
प्रस्तुत लेख सौन्दर्यचिन्तनको सैद्धान्तिक मान्यतामा आधारित रही समकालीन नेपाली कवितामा किराती सौन्दर्यचिन्तनको विमर्शमा केन्द्रित रहेको छ । समकालीन नेपाली कवितामा किराती सौन्दर्यशास्त्रको स्थापना, जातीय पहिचानको आवाज, शासकीय उत्पीडनको विरोध र संस्कृतिको पुनः निर्माणमा जोड जस्ता अभिव्यक्ति भएको पाइन्छ र यस लेखले समकालीन नेपाली कवितामा किराती सौन्दर्यचिन्तनलाई के–कसरी अभिव्यक्त गरिएको छ भन्ने समाधानको खोजी गर्नु प्रमुख उद्देश्य राखेको छ । यसका लागि सौन्दर्यचिन्तन सम्बन्धी सैद्धान्तिक मान्यतालाई पाठविश्लेषणको मुख्य विधिको रूपमा अँगालिएको छ । यस लेखमा आधारभूत र द्वितीयक स्रोतबाट सामग्री लिई निर्धारित सिद्धान्तका आधारमा अध्ययन र विश्लेषण गर्दा समकालीन नेपाली कविताले किराती सौन्दर्यचिन्तनलाई विभिन्न माध्यमबाट सघन रूपमा उठाएका छन् भन्ने निष्कर्ष निकालिएको छ ।