पृथिवीसूक्तमा पर्यावरणीय चेतना
DOI:
https://doi.org/10.3126/kmcnj.v5i5.73758Keywords:
पृथिवीसूक्त, पर्यावरणीय चेतना, भूमिसूक्त र मातृभूमिसूक्तAbstract
प्रस्तुत अध्ययनका दुई विवेच्य पक्ष रहेका छन् : पृथिवीसूक्त र पर्यावरण अथर्ववेदभित्र रहेका सयौँ महत्त्वपूर्ण सूक्तहरूमध्ये पृथिवीसूक्त पनि एक हो । अथर्ववेदको द्वादश काण्डको पहिलो सूक्तका रूपमा पृथिवीसूक्त रहेको छ । पृथिवीसूक्तलाई भूमिसूक्त र मातृभूमिसूक्त पनि भनिन्छ । वैदिक ऋचाहरू अनादितः अखण्डपरमेश्वरका निःश्वासबाट प्राप्त भएकाले ऋषिहरूलाई मन्त्रस्रष्टा नमानेर द्रष्टाका रूपमा सम्मान गर्ने वेदाध्यायनको प्राचीन परम्परा रहिआएको छ त्यसकारण यो सूक्त अथर्वा ऋषिदृष्ट मन्त्रहरूको सङ्कलन हो । यस सूक्तका देवता भूमि हुन् । भूमिलाई नै प्रधान देवता मानेर स्तुति गरिएका मन्त्रहरूका कारण यस सूक्तको प्रत्यक्षसम्बन्ध पृथ्वी र पर्यावरणसँग भएको देखिन्छ । यस सूक्तमा ६३ ओटा मन्त्रहरू सङ्कलित छन् । तिनमा त्रिष्टुप्, जगती, पङ्क्ति, विराट्, बृहती, अनुष्टुप्लगायतका छन्दहरूको प्रयोग भएको छ । वैदिकसूक्तहरूमा यो पृथिवीसूक्त पर्यावरणीय दृष्टिले महत्त्वपूर्ण रहेको छ ।