‘देवघाट’ कवितामा भौतिकजगत् र परमात्मासम्बन्धी दृष्टिकोण

Authors

  • पूर्णिमा Purnima रजौरे Rajaure नेपाल ल क्याम्पस, काठमाडौँ

DOI:

https://doi.org/10.3126/kmcnj.v5i5.73744

Abstract

‘प्रस्तुत लेखमा सिद्धिचरण श्रेष्ठको ‘देवघाट’ कवितालाई एक पाठात्मक विमर्शका रूपमा लिई पौरस्त्य आस्तिक दर्शनहरूको सैद्धान्तिक धरातलमा रहेर उक्त पाठको विश्लेषण र मूल्याङ्कन गरिएको छ । ‘देवघाट’ कवितामा भौतिकजगत् र परमात्माका सम्बन्धमा प्रकट गरिएको ज्ञानको उद्घाटन गरी कवितामा अभिव्यक्त यी दुई दृष्टिकोणसम्बन्धी दार्शनिक पक्षको खोजी गर्नु यस लेखको उद्देश्य रहेको छ । साङ्ख्य, योग, न्याय, वैशेषिक र मीमांसा पाँचवटा द्वैतवादी दर्शन र अद्वैत वेदान्त गरी जम्मा ६ वटा पौरस्त्य आस्तिक दर्शनहरू रहेका छन् । यसरी पौरस्त्य षठ्दर्शनहरू द्वैत र अद्वैत गरी दुईवटा स्वरूपमा रहेका पाइन्छन् । यी सबै दर्शनले मोक्षप्राप्तिको मार्गलाई मूल मर्म बनाएका छन् । षठ्दर्शनमा जीवन र जगत्सम्बन्धी विविध गहन एवम् ज्ञानबद्र्घक वैचारिक मान्यताहरूको समष्टि रहेको पाइन्छ । यहाँ भने पौरस्त्य षठ्दर्शन अन्तर्गतका भौतिकजगत् र परमात्मासम्बन्धी दुईवटा दृष्टिकोणलाई मात्र यस लेखको उद्देश्यप्राप्तिका लागि विश्लेषणीय सैद्धान्तिक आधार बनाइएको छ । यसर्थ पौरस्त्य षठ्दर्शनलाई सैद्धान्तिक आधार बनाएर यहाँ कवितात्मक
पाठमा अभिव्यञ्जित भौतिकजगत् र परमात्मासम्बन्धी चिन्तनको दार्शनिक दृष्टिकोणले विश्लेषण तथा मूल्याङ्कन गरिएको छ । यहाँ निर्दिष्ट पाठविश्लेषणका लागि पुस्तकालयीय कार्यद्वारा सामग्री सङ्कलन गरी व्याख्यात्मक एवम् विश्लेषणात्मक विधिको उपयोग गरिएको छ । पौरस्त्य षठ्दर्शनले मोक्षप्राप्तिलाई अर्थात् परमात्मामिलनको स्थितिलाई नै सच्चिदानन्दको अवस्था मान्ने भएको हुनाले षठ्दर्शनको मूल आशय भौतिकजगत्को निस्सारता र आत्मतत्त्वको शाश्वत् पक्षलाई परिपुष्टता गर्नु रहेको छ । अतः पौरस्त्य षठ्दर्शनको दार्शनिक मान्यतामा रहेर गरिएको अध्ययनबाट यहाँ निर्धारित कवितात्मक पाठमा भौतिकजगत् अनित्य छ र आत्मतत्त्व नित्य छ एवम् मोक्षप्राप्तिको सही मार्ग नै परमात्माचिन्तन गर्नु हो भन्ने मूल कथ्य अन्तर्वस्तुका रूपमा रहेको छ भन्ने निष्कर्ष निकालिएको छ ।

Abstract
0
PDF
0

Author Biography

पूर्णिमा Purnima रजौरे Rajaure, नेपाल ल क्याम्पस, काठमाडौँ


उप प्राध्यापक

Downloads

Published

2024-12-31

How to Cite

रजौरे Rajaure प. P. (2024). ‘देवघाट’ कवितामा भौतिकजगत् र परमात्मासम्बन्धी दृष्टिकोण. K. M. C. Nepali Journal के. एम. सी. नेपाली जर्नल, 5(5), 68–81. https://doi.org/10.3126/kmcnj.v5i5.73744

Issue

Section

Articles