‘लाहुरी भैँसी’ कथामा वर्गीय शक्तिसम्बन्ध

Authors

  • गुरुप्रसाद Guruprasad पोखरेल Pokhrel पद्मकन्या बहुमुखी क्याम्पस, बागबजार, काठमाडौँ Padma Kanya Multiple Campus, Kathmandu

DOI:

https://doi.org/10.3126/kmcnj.v5i5.73739

Keywords:

सीमान्तीकृत, वर्गीय, लैङ्गिक, प्रभुत्वशाली, उत्पीडन

Abstract

‘लाहुरी भैँसी’ कथामा तत्कालीन नेपाली समाजको वर्गयुक्त आर्थिक सम्बन्ध र त्यसका आडमा निम्नवर्गमाथि गरिएको शोषक वर्गीय शक्तिसम्बन्धलाई देखाइएको छ । प्रस्तुत लेख गुणात्मक पद्धति र विषयवस्तु विश्लेषणविधिमा आधारित छ र त्यसका लागि पुस्तकालयीय कार्यद्वारा सामग्रीको अध्ययन विश्लेषण गरिएको छ । यसकथामा सांस्कृतिक अध्ययन अन्तर्गत वर्गीय शक्तिसम्बन्धको खोजी र विश्लेषण गरिएको छ । सीमान्तीकृत समुदायको निम्नवर्गीय आर्थिक अवस्थालाई देखाइएको यस कथामा ग्रामीण जीवनका निम्नवर्गीय पीडा,दुःख र सङ्घर्षको प्रस्तुति छ । सामन्त वर्ग र त्यसबाट उत्पीडित निम्नवर्गको प्रतिनिधित्व गराइएको यसमाउच्चवर्गीय सामन्त द्वारे बाले शोषक वर्ग र निम्नवर्गीय लुखुरे तथा घैँटीले शोषित वर्गको प्रतिनिधित्व गरेकाछन् । उत्पादन, वितरण, विनिमय तथा उपभोगको प्रक्रियामा सामन्त द्वारे बाको पहुँच रहेको र निम्नवर्गीय लुखुरे तथा गाउँलेहरू वञ्चित रहेको अवस्था यस कथामा देखाइएको छ । उत्पीडक द्वारे बा र उत्पीडित लुखुरे,घैंटी तथा गाउँलेहरूबीचको वर्गीय सम्बन्ध शत्रुतापूर्ण र तिक्ततापूर्ण रहेको छ । सामन्त द्वारे बाले आफ्नोउच्च वर्गीय हितको रक्षाका लागि निमुखा गाउँलेहरूमाथि विभेदजन्य व्यवहार गर्दै शोषण, दमन र उत्पीडनगरेको छ । आफ्नो सामन्तवादी वर्गीय चेतनाकै कारण साहु द्वारे बाले लुखुरेमाथि दमनको डन्डा बर्साएको छ। तत्कालीन सामन्ती विवर्शात्मक संरचनामा सामन्त वर्गको उच्चवर्गीय नाइके द्वारे बाका षड्यन्त्रमा लुखुरेजस्ता निम्नवर्गीय गाउँलेहरू पर्नुपरेको छ । तत्कालीन वर्गयुक्त समाजमा एउटा वर्गले अर्को वर्गमाथि गर्ने  विभेद, शोषण, दमन र उत्पीडनको स्वरूपलाई निष्कर्षका रूपमा प्रस्तुत गरिएको यस कथामा तत्कालीन सामन्तवादी/पुँजीवादी वर्गयुक्त समाज र सामाजिक संरचना भएकै कारणले त्यस बेलाको विमर्शात्मक संरचना नै निम्नवर्गमाथि सत्ता र शक्तिको पहुँचका कारण शोषण गर्न कुन हदसम्म उद्धत थियो भन्ने कुरा देखाइएको छ ।

Downloads

Download data is not yet available.
Abstract
56
PDF
17

Author Biography

गुरुप्रसाद Guruprasad पोखरेल Pokhrel, पद्मकन्या बहुमुखी क्याम्पस, बागबजार, काठमाडौँ Padma Kanya Multiple Campus, Kathmandu

उपप्राध्यापक

Downloads

Published

2024-12-31

How to Cite

पोखरेल Pokhrel ग. G. (2024). ‘लाहुरी भैँसी’ कथामा वर्गीय शक्तिसम्बन्ध. K. M. C. Nepali Journal के. एम. सी. नेपाली जर्नल, 5(5), 41–55. https://doi.org/10.3126/kmcnj.v5i5.73739

Issue

Section

Articles