दुर्गादेवीका फागमा सन्दर्भ
DOI:
https://doi.org/10.3126/kmcnj.v5i5.73738Keywords:
पूजाआराधना, प्रतिमान, मन्दिर, दुर्गादेवीAbstract
दुर्गादेवीको फाग थलिनौबिसको दुर्गादेवीको मन्दिरमा दुर्गादेवीको पूजा विशेषमा गाउने भक्ति गीत हो । दुर्गादेवीका फाग पर्व विशेषमा गाउने प्रचलन छ । यस फागमा दुर्गादेवीको जन्मसन्दर्भ, पूजासामग्री, पूजाविधि, देवीको मण्डप दुर्गादेवीको पूजा आराधना विषयमा देवी भक्तिको बारेमा वर्णन गरिएको पाइन्छ । दुर्गादेवीकोआराधना, भक्तिको सन्दर्भलाई फागमा समावेश गरिएको छ । दुर्गादेवीको शृङ्गारको वर्णन, रूपको वर्णन,सौन्दर्य वर्णन गरिएको छ । दुर्गादेवी जहिल्यै सत्य र न्यायको पक्षमा उभिएर पवित्रताकी प्रतिमूर्तिका रूपमावर्णन गरिएको छ । दुर्गादेवीको थलिनौविस प्राकृतिक सौन्दर्यको वर्णन, थलिजिउलाको खुट्कुडीको वर्णन थलिनौबिसको प्राकृतिक, सांस्कृतिक परिवेशको चित्रण फागमा पाइन्छ । यहाँको पूजाविधि, शुद्धतासम्बन्धीविधि, साथै सम्पूर्ण पूजासामग्री, विधिको वर्णन फागमा पाइन्छ । दुर्गादेवीको पवित्र मन्दिर दुर्गा मन्दिरमादेवीको पूजा समयमा पुजारी, नायक, ब्राह्मण, वर्तालु र सम्पूर्ण सहभागीहरूले चोखोनिम्तो भएर पूजाअनुष्ठान सिद्धी गर्ने गरिन्छ । महाअष्टमी, लाकुडी लाइनी, गोलो हाल्ली, मेदा पर्व विशेषमा दुर्गादेवीको जन्म,पूजाविधि, यात्रा वर्णनसँग सम्बन्धित फागलाई सन्दर्भपरक दृष्टिकोणले विश्लेषण गरी यहाँको लोकसाहित्य रआस्था विश्वासप्रति प्रस्तुत अध्ययनले महत्वपूर्ण योगदान रहेको छ