तिउरीको फूल, पायरियाको गन्ध कथामा सीमान्तीयता

Authors

  • उमादेवी Umadevi गुरागाई Guragain सुकुना बहुमुखी क्याम्पस Sukuna Multiple Campus

DOI:

https://doi.org/10.3126/kmcnj.v5i5.73737

Keywords:

सीमान्तीकृत, लैङ्गिक, वर्गीय, प्रभुत्वशाली, उत्पीडन

Abstract

प्रस्तुत आलेख पारिजातद्वारा लेखिएको तिउरीको फूलल, पायरियाको गन्ध कथाको सीमान्तीयता अध्ययनसँग सम्बद्ध छ । सांस्कृतिक अध्ययनभित्रको एउटा नवीन सैद्धान्तिक अवधारणा सीमान्तीयता हो । यसलाई अङ्ग्रेजी भाषा साहित्यमा ‘सबाल्टर्न’ भनिन्छ । इटालेली चिन्तक अन्तोनियो ग्राम्चीद्वारा सर्वप्रथम प्रयोग गरिएकोसबाल्टर्न शब्दले सदियौँदेखि शासित, आवाजविहीन तथा इतिहासविहीन वर्गलाई जनाउँछ । हरेक समाजकोशासक तथा शक्ति केन्द्रहरूबाट शोषित, दमित र निमुखा बोल्न सक्दैनन्, तिनीहरूको आवाज सुन्ने र त्यसवर्गलाई केन्द्रमा राखेर साहित्यको विश्लेषण गर्ने सैद्धान्तिक अवधारणा सबाल्टर्न अध्ययन हो । यहाँ यसै मान्यताका आधारमा रही कथाभित्र रहेको लैङ्गिक तथा वर्गीय सीमान्तीकृत समुदायप्रति प्रभुत्वशाली वर्गको दृष्टिकोण र व्यवहारको अध्ययन गर्नुका साथै उनीहरूको आवाज कसरी अभिव्यक्त भएको छ भन्ने कुराको विश्लेषण गरिएको छ । यसका लागि सबाल्टर्न अध्ययन सम्प्रदायका सीमान्तीयता सम्बन्धी मान्यतालाई कृति विश्लेषणको आधार बनाइएको छ । विशेषगरी तिउरीको पूmल, पायरियाको गन्ध कथामा घरबारविहीन बनाइएर बेवारिसे रूपमा बाटामा फालिएकी कथाकी प्रमुख नारी पात्र लाटी मात्र होइन, घरभित्रका नारीहरूपनि पुरुषको भोगविलासको साधन बन्न बाध्य भएका छन् । सुरक्षाका लागि खटिएका पुलिस प्रशासनबाटैलाटी बलात्कृत हुनुले राज्यबाट नै महिला असुरक्षित भएका तथ्य प्राप्त भएका छन् । कथामा नारीले लैङ्गिक तथा वर्गीय रूपमा सामाजिक न्याय प्राप्त गर्न नसकेकाले सीमान्तीकृत हुनुपरिरहेको छ । यसको मुख्यकारणमा पितृसत्ताको प्रभाव र समाजमा भएको लैङ्गिक विभेदपूर्ण सोच मुख्य जिम्मेवार रहेको ठहर्याउदै त्यसको निराकरण हुनुपर्ने आशय कथाकारको रहेको निष्कर्ष यस अध्ययनबाट प्राप्त भएको छ ।

Abstract
0
PDF
0

Author Biography

उमादेवी Umadevi गुरागाई Guragain, सुकुना बहुमुखी क्याम्पस Sukuna Multiple Campus

उप–प्राध्यापक

Downloads

Published

2024-12-31

How to Cite

गुरागाई Guragain उ. U. (2024). तिउरीको फूल, पायरियाको गन्ध कथामा सीमान्तीयता. K. M. C. Nepali Journal के. एम. सी. नेपाली जर्नल, 5(5), 12–20. https://doi.org/10.3126/kmcnj.v5i5.73737

Issue

Section

Articles