नेपालका कम्युनिस्ट पार्टीहरुको वैचारिक राजनीतिक सङ्घर्ष

Authors

  • ईश्वरीप्रसाद Ishwariprasad कँडेल Kandel राजनीतिशास्त्र केन्द्रीय विभाग, त्रि.वि.

DOI:

https://doi.org/10.3126/kmcnj.v5i5.73736

Keywords:

अधिनायकत्व, पात्रप्रवृति, मार्गचित्र रणनीति, वर्णनात्मक,, अधिनायकत्व, पात्रप्रवृति, मार्गचित्र रणनीति, वर्णनात्मक

Abstract

राणाशासन कालमा भएका मानवता विरोघी क्रियाकलाप र आर्थिक असमानता तथा शैक्षिक अधिकार समेतकासामाजिक अधिकारलाई स्थापित गर्ने उद्देश्य लिएर नेपालमा कम्युनिस्ट पार्टी स्थापना भएको देखिन्छ ।पुष्पलाल श्रेष्ठ, नरवहादुर कर्माचार्य, नारायणविलास जोशी, निरञ्जनगोविन्द वैद्य र मोतिदेवी श्रेष्ठ समेतयस पार्टीका संस्थापक सदस्यहरु रहेका थिए। नेपालमा नेपालीहरूले आन्दोलन गरिरहेको वखत भारतमाबेलायती उपनिवेशवादको विरोधमा अहिंसात्मक आन्दोलन चलिरहेको थियो । त्यसैको प्रभाव नेपालमा पनिपरेको पाइन्छ । तात्कालिक राणाशासन कालमा अकल्पनीय मानिएको बहुदलीयव्यवस्था स्थापना गराउनसहज थिएन । राणा शासनको खिलापमा केही राजनीतिक दलहरू क्रियाशील रहेको पृष्ठभूमिमा यस दलस्थापना भएको पाइन्छ । यस दलमा वैचारिक रूपमा आन्तरिक रणनीति र कार्यनीति चलिरहन्थ्यो । यहीक्रममा पार्टीभित्रको आन्तरिक समस्या जीवन्त बन्दै गयो । फलस्वरूप नेपाल कम्युनिस्ट पार्टीको राजनीतिकगतिविधिमा उतारचढाव आउन थाल्यो । नेपाल संवैधानिक राजतन्त्र र लोकतन्त्रात्मक गणतन्त्र स्थापनामायस राजनीतिक दलको महत्त्वपूर्ण योगदान रहेको पाइन्छ । शासनसत्तााको बागडोर सर्वहारावर्गमा रहनुपर्नेयस दलको मूल सिद्धान्त मानिन्छ । तर यस दलले यस किसिमको व्यवहार देखाउन सकेको पाइँदैन ।

Abstract
0
PDF
0

Author Biography

ईश्वरीप्रसाद Ishwariprasad कँडेल Kandel, राजनीतिशास्त्र केन्द्रीय विभाग, त्रि.वि.

सह–प्राध्यापक

Downloads

Published

2024-12-31

How to Cite

कँडेल Kandel ई. I. (2024). नेपालका कम्युनिस्ट पार्टीहरुको वैचारिक राजनीतिक सङ्घर्ष. K. M. C. Nepali Journal के. एम. सी. नेपाली जर्नल, 5(5), 1–11. https://doi.org/10.3126/kmcnj.v5i5.73736

Issue

Section

Articles