ज्वरसमना प्रकृति कवितामा रूपकालङ्कार {Allegory in Jwarasamana Prakriti Poetry}
DOI:
https://doi.org/10.3126/kmcj.v6i2.68921Keywords:
परम्परितरूपक, सावयवरूपक, मालारूपक, हेतुरूपकAbstract
प्रस्तुत लेख ज्वरसमना प्रकृति कवितामा अर्थालङ्कारअन्तर्गत रूपकालङ्कारको विश्लेषण तथा त्यसका आधारमा कविताको मूल्याङ्कनमा केन्द्रित छ । यस लेखमा गुणात्मक अनुसन्धान पद्धति तथा कवितामा रूपकालङ्कार र यसका भेदको प्रस्तुति भएका उद्धरणका आधारमा विश्लेषण र मूल्याङ्कन हुने भएकाले यो पाठमा अभिव्यक्त विषयवस्तुको विश्लेषणकेन्द्री एवम् विश्लेषणात्मक विधिको प्रयोग भएको लेख हो । यस लेखको सैद्धान्तिक र अवधारणात्मक आधार संस्कृत काव्यचिन्तनअन्तर्गतको रूपकालङ्कार र यससम्बन्धी मान्यता हो । शब्दमा सन्निहित अर्थ तथा त्यसलाई निधारण गर्ने उपमान, उपमेय साधारण धर्म तथा वाचक शब्दले उपमान र उपमेयबीचमा अभेद्य सम्बन्ध प्रस्तुत गरी प्राप्त हुने अर्थ रूपकालङ्कारको मूलभूत अभिलक्षण हो । प्रस्तुत ज्वरसमना प्रकृति अलङ्कार प्राप्तिका दृष्टिले रूपकालङ्कार अङ्गी रूपमा प्रतिपाद्य भएको कविता हो । यस कवितामा परम्परित रूपकालङ्कार प्रयोग भएका सन्दर्भमा उपमान, उपमेय अभेद्य सम्बन्ध प्रस्तुत भई यी दुईमा प्रयोगगत भिन्नता नदेखिई अर्थ प्रस्तुत भएको छ । यस कवितामा प्रयोग भएको सावयव रूपकालङ्कारमा प्रकृतिका विभिन्न अवयव तथा प्राणीजगत्सँग सम्बन्धित अवयवका बीचको अभेद सादृश्य सम्बन्ध स्थापित भई आलङ्कारिकता सिर्जना भएको छ । यस कवितामा प्रस्तुत भएको मालारूपकालङ्कार एक उपमानका अनेक उपमेयका साथ अभेद सादृश्यको शृङ्खलाबाट काव्यिक आलङ्कारिकता सिर्जना गर्ने कलात्मक माध्यम बनेको छ । यस लेखमा ज्वरसमना प्रकृति कवितामा उपर्युक्त तीन रूपकभेदका साथै हेतुरूपकालङ्कारको साध्य–साधन अभेदसम्बन्धबाट सृजित आलङ्कारिकता सहित अङ्गी अलङ्कारका रूपमा रूपकालङ्कारको सहजात प्रयोगबाट काव्यिक कलासौन्दर्य सिर्जना गरेको विषयमा विमर्श भएको छ ।
Downloads
Downloads
Published
How to Cite
Issue
Section
License
This work is licensed under a Creative Commons Attribution-NonCommercial 4.0 International License.
This license allows reusers to distribute, remix, adapt, and build upon the material in any medium or format for noncommercial purposes only, and only so long as attribution is given to the creator.