सरकारी निकायका सार्वजनिक सूचनामा प्रयुक्त भाषिक त्रुटि र त्यसको शैक्षणिक उपादेयता {Linguistic Errors Used in Public Notices of Government Agencies and their Educational Value}
DOI:
https://doi.org/10.3126/kmcj.v6i2.68918Keywords:
मानक, वर्णविन्यास, एकरूपता, निकाय, सूचनाAbstract
नेपालका सरकारी निकायहरूले सार्वजनिक सरोकारका सूचनाहरू प्रकाशित, प्रसारित गर्दछन् । सूचनाको माध्यम भाषा नेपाली रहेको छ । नेपाली भाषा राष्ट्रिय कामकाजको भाषा हो । प्रस्तुत अध्ययन सरकारी निकायका सार्वजनिक सूचनामा प्रयुक्त भाषिक त्रुटि र त्यसको शैक्षणिक उपादेयता खोजी गर्ने विषयमा केन्द्रित रहेको छ । सार्वजनिक सूचनामा मानक नेपाली भाषा प्रयोगको अवस्था, सरकारी निकायका सार्वजनिक सूचनामा प्रयुक्त भाषिक त्रुटिहरू, भाषिक त्रुटिहरूलाई सुधार गर्नका लागि अवलम्बन गर्न सकिने उयाय र सुझावहरू प्रस्तुत गर्न र भाषिक त्रुटिहरूको शैक्षणिक उपादेयताको प्रभावलाई समस्याका रूपमा लिई लेख तयार गरिएको हो । यसमा गुणात्मक विधिअन्तर्गत रही सार्वजनिक सूचनाको अवस्थाको अध्ययन विश्लेषण गरिएको छ । सार्वजनिक निकायबाट सम्पादन हुने वा भएको र तत्सम्बन्धी कारबाही वा निर्णयसँग सम्बन्धित लिखित जानकारीमूलक सूचना सङ्कलनगरी नेपाली भाषाको मानक प्रयोगको अवस्थाको अध्ययन गरिएको छ । यस अध्ययनका लागि प्रायोगिक भाषाविज्ञान अन्तर्गत रहेको त्रुटि विश्लेषणलाई सैद्धान्तिक आधार बनाइएको छ । भाषाको प्रयोग शिक्षा, सञ्चार, साहित्य, कानुन, प्रशासन आदि विविध क्षेत्रमा गरिएको हुन्छ । भाषाको शुद्ध प्रयोगका लागि कोश, व्याकरण, शैली पुस्तिकाको प्रयोग आवश्यक मानिएको छ । सार्वजनिक सूचना शुद्ध र मानक हुनुपर्छ । सूचना आमनागरिकले बुझ्न सक्ने सरल, सहज र सम्प्रेष्य भाषामा हुनुपर्छ । सार्वजनिक सूचनामा वर्णविन्यासगत, वाक्यगत र कारकीय त्रुटिहरू प्रशस्त मात्रामा भएका पाइन्छन् । सबैभन्दा बढी त्रुटि ह्रस्व र दीर्घमा रहेको पाइन्छ । ‘ब’– ‘व’, ‘श’ – ‘ष’ – ‘स’,‘पदयोग – पदवियोग’, ‘चन्द्रविन्दु – शिरविन्द’ु को प्रयोग सम्बन्धी त्रुटिहरू भएको पाइन्छ । टङ्कण, मुद्रणमा समेत समस्या देखिएको छ भने पाण्डुलिपि संशोधन नगरी सार्वजनिक सूचना प्रकाशित गर्ने, प्राविधिक धार पढेका सूचना अधिकारी वा कर्मचारीले नेपाली भाषाको मानक प्रयोगमा सचेतता अपनाउन नसकेको पाइन्छ । एउटै सार्वजनिक सूचनामा ४/५ देखि १५/२० ओटासम्म त्रुटिहरू रहेको पाइन्छ । सरकारी निकायका सार्वजनिक सूचना शुद्ध र मानक नेपाली भाषाको प्रयोगका लागि दृष्टान्तका रूपमा प्रयोग हुनुपर्नेमा त्यसो हुन सकेका छैनन्; जसका कारण शैक्षणिक गतिविधिका दृष्टिमा सिकाइको गलत सामान्यीकरण हुने डर रहेको पाइन्छ । शुद्ध र मानक नेपाली भाषाको प्रयोगका लागि सूचनाको व्यावहारिक कार्यसम्पादनसँगै शब्दकोश, व्याकरण र शैली पुस्तिकाको प्रयोग गर्नुपर्ने र तालिम, सेमिनार, प्रशिक्षणको अभियान नै सञ्चालन गरी भाषिक एकरुपता कायम गर्नु आवश्यक रहेको निष्कर्ष प्रस्तुत गरिएको छ ।
Downloads
Downloads
Published
How to Cite
Issue
Section
License
This work is licensed under a Creative Commons Attribution-NonCommercial 4.0 International License.
This license allows reusers to distribute, remix, adapt, and build upon the material in any medium or format for noncommercial purposes only, and only so long as attribution is given to the creator.