नेपाली नारी कविका कवितामा नारीवाद (Feminism in Nepali Women Poet’s Poems)

Authors

  • रेखा Rekha रेग्मी Regmi

DOI:

https://doi.org/10.3126/kmcj.v5i2.58253

Keywords:

पितृसत्ता, प्रतिनिधित्व, सत्तासम्बन्ध, अधीनस्थ, विचारधारा

Abstract

नेपाली नारी कविका कविताको विश्लेषणकेन्द्री यस लेखमा नेपाली नारी कवि, कविता र नारीवादजस्ता चर रहे पनि नारीवादअन्तर्गत पितृसत्ता, प्रतिनिधित्व र सत्तासम्बन्ध तथा विचारधाराको विश्लेषणमा केन्द्रित छ । धर्म, संस्कृति तथा आर्थिक आधारमा प्रभुत्व स्थापित गर्ने सामाजिक संरचनाको अभिव्यञ्जना नेपाली नारी कविका कविताको मुख्य कथ्यविषय रहेको छ । गुणात्मक अनुसन्धान, पाठविश्लेषणकेन्द्री विश्लेषण विधिको प्रयोग रहने यस लेखको सैद्धान्तिक आधार नारीवाद हो । नारीवाद नारीलाई केन्द्रमा राखी नारीमाथि भएका विभेदकारी सांस्कृतिक विधान, प्रभुत्वले स्थापित गरेका विचारधारा, दमनकारी भाष्यको निर्माण गर्ने वैचारिकी र नारी शोषणका कारण सृजित असमानताको प्रतिरोधी चिन्तन हो । नारीवादले सिद्धान्ततः पितृसत्ता, नारीअस्तित्व, लैङ्गिक निर्मिति, नारी भूमिका, जैविक संरचनाका आधारमा हुने विभेद, उत्पीडन, लैङ्गिक समविकासको उपेक्षा, नारी प्रतिनिधित्व र पहिचान, पुरुष वर्चस्व, वर्चस्वप्रति प्रतिरोधका साथै लैङ्गिक संरचनाका आधारमा हुने असमानतालाई विस्थापित गरी लैङ्गिक स्वतन्त्रता, समानता तथा पुरुषसरह नारीभूमिका स्थापित गर्ने सैद्धान्तिक मान्यता हो । यस सैद्धान्तिक आधारअन्तर्गत पितृसत्ता, प्रतिनिधित्व र सत्तासम्बन्ध तथा विचारधारा यस लेखको विश्लेषण ढाँचा हो । नेपाली नारी कविका कवितामा पितृसत्ताका कारण दमनमा परेका नारी र तिनको अवस्थाको चित्रण भएको छ । नेपाली नारी कविका कवितामा परम्परागत पितृसत्ताको विभेदकारी सांस्कृतिक अभ्यासका कारण दमित रहेका नारीको लैङ्गिक अवस्था जैविक नभई सांस्कृतिक निर्मितिका आधारमा सामाजिक भूमिका निर्धारण भई किनारीकृत प्रतिनिधित्वको प्रणालीभित्र पुरुष वर्चस्वको आधीन विषयको प्रस्तुति रहेको निष्कर्ष निकालिएको छ ।

Downloads

Download data is not yet available.
Abstract
75
PDF
173

Downloads

Published

2023-09-01

How to Cite

रेग्मी Regmi र. R. (2023). नेपाली नारी कविका कवितामा नारीवाद (Feminism in Nepali Women Poet’s Poems). KMC Journal, 5(2), 407–428. https://doi.org/10.3126/kmcj.v5i2.58253

Issue

Section

Articles