वानीरा गिरिका कवितामा वरणस्वतन्त्रता (Freedom of Choice in Banira Giri’s Poems)

Authors

  • निर्मला Nirmala ढकाल Dhakal

DOI:

https://doi.org/10.3126/kmcj.v5i2.58252

Keywords:

वैयक्तिक चयन, व्यक्तिसत्ता, उत्तरदायित्व, अन्यपन, चयन

Abstract

प्रस्तुत अध्ययन वानीरा गिरिका कवितामा अस्तित्ववाद तथा त्यससम्बद्ध वरणस्वतन्त्रताको विश्लेषणमा केन्द्रित छ। नेपाली नारी साहित्यमा वानीरा गिरि आख्यान, कविता, निबन्ध र नियात्रा लेखनका लागि परिचित नाम हो भने उनको मुख्य साहित्यिक प्रवृत्ति अस्तित्ववादी दर्शनको प्रस्तुति हो । मानवजीवनलाई व्यक्तिगत अस्तित्वको अर्थमा, जीवनको व्यक्तिगत अनुभवका आधारमा मात्र बुझ्न सकिन्छ भन्ने सन्दर्भबाट नामकरण र दार्शनिक आधार प्राप्त मान्छेको मूलसमस्या पहिल्याउनु र त्यसैको परिप्रेक्ष्यमा जीवनको सत्य खुट्याउने अस्तित्ववाद मानवदर्शन हो । अस्तित्ववादले व्यक्तिलाई सम्पूर्ण भ्रमबाट मुक्त पारी भ्रममुक्त भएको एउटा शून्यको बिन्दुबाट आफूलाई खोज्ने र आफ्नै प्रयासले आफूलाई चिन्ने र प्राप्त गर्ने आत्मविश्वास व्यक्तिभित्र जगाई जीवनको निस्सारता, निरर्थकता, निरूपायता, अनिश्चितता र विवशताको बोधबाट उत्पन्न नैराश्य र व्यक्तिप्रति स्वयम्लाई उत्तरदायी बनाउने विषय अस्तित्ववादको सैद्धान्तिक स्रोत हो भने व्यक्तिमहत्त्व यसको विश्लेषणीय पक्ष हो । प्रस्तुत सैद्धान्तिक आधारअन्तर्गत वरणस्वतन्त्रता यस अध्ययनको विश्लेष्य पक्ष हो भने चयनको अभिव्यक्ति, व्यक्तिसत्ता र उत्तरदायित्व विश्लेषण ढाँचा हो । गिरिका कवितामा वरणस्वतन्त्रताको अभिव्यञ्जना सशक्त रूपमा भएको छ । व्यक्तिको पहिचान अन्यव्यक्ति तथा समाजका सापेक्षमा स्थापित हुनका लागि उसको चयन नै शक्तिशाली रहने विषयका साथै व्यक्ति रहेकै कारण स्वयम्को अस्तित्व सार्थक रहने धारणामा व्यक्तिसत्ता प्रबल रहेको छ भने व्यक्तिले स्वतन्त्रतावरणको निर्णयको भागीदार हुनुपर्दाको क्षण तथा त्यसको उत्तरदायित्वका लागि तयार मानसिकताको चित्रण सशक्त प्रवाहित रहेको निष्कर्ष निकालिएको छ ।

Downloads

Download data is not yet available.
Abstract
52
PDF
63

Downloads

Published

2023-09-01

How to Cite

ढकाल Dhakal न. N. (2023). वानीरा गिरिका कवितामा वरणस्वतन्त्रता (Freedom of Choice in Banira Giri’s Poems). KMC Journal, 5(2), 386–406. https://doi.org/10.3126/kmcj.v5i2.58252

Issue

Section

Articles