दार्चुलेली भाषामा ऊर्जावत् पदसङ्गति (Conjugation in Darchuleli Language)

Authors

  • वासुदेव Bashudev विष्ट Bista

DOI:

https://doi.org/10.3126/kmcj.v5i2.58251

Keywords:

कोटिकर, सकर्मक, मातृभाषा, सङ्कटात्पन्न, अकर्मक

Abstract

दार्चुलेली मातृभाषा नेपालको सुदूरपश्चिम प्रदेशको नेपाली मातृभाषा हो । गढवाली, कुमाउनी, दार्चुलेली मातृभाषा पहाडी भाषा हुन् । नेपाली मातृभाषालाई परम्परागत रूपमा पूर्वी पहाडी भाषा भन्न सकिन्छ तर कुमाउनी र दार्चुलेली, बैतडेली, डडेल्धुरेली महाकाली वारिपारि बोलिने भाषा हुन् । ‘भाषा र भाषिका’ भन्ने शब्द समाज भाषा विज्ञानका पारिभाषिक शब्द हुन् । राजनीतिलाई अघि नसारी कुनै पनि मातृभाषालाई ‘भाषा’ हो कि ‘भाषिका’ भनेर छुट्ट्याउन सकिदैन । डेभिड क्रिस्टल (सन् २००३) ले के भनेका छन् भने जुन भाषालाई राष्ट्रिय झण्डा र सेनाले परिभाषित गर्छ, त्यो चाहिँ भाषा हो भने, जुन भाषा राष्ट्रिय झन्डा र सेनाले सुसज्जित हुँदैन, त्यो ‘भाषिका’ हो । यसरी हेर्दा महाकाली नदी वारिको दार्चुलेली र महाकाली पारिको कुमाउनी एउटै भाषा हो तर नेपालको सिमानाभित्र पर्ने हुनाले दार्चुलेली चाहिँ पछिल्लो राजनीतिक परिवर्तनभन्दा अगाडिसम्म नेपालीको भाषिका मानिन्थ्यो भने कुमाउनी अहिले पनि हिन्दीको भाषिका मानिन्छ । ग्रिर्यसनकै दृष्टिमा नेपालीभन्दा बढी पश्चिम पहाडी, केन्द्रीय पहाडी अरू सबै पहाडी भाषा जस्तै दार्चुलेली भाषा भारोपेली आर्य भाषा हो । प्रस्तुत लेखको उद्देश्य दार्चुलेली भाषाको भूत र अभूत कालमा रहेको ऊर्जावत्वको पदसङ्गतिगत अध्ययन गर्नु रहेको छ । उल्लिखित उद्देश्य पूर्तिका लागि गुणात्मक अनुसन्धान विधिको प्रयोग गरिएको छ । यस लेखका लागि दार्चुलेली मातृभाषाका वक्ताहरूबाट प्राथमिक सामग्री सङ्कलनका साथै भाषा र व्याकरणका सैद्दान्तिक पुस्तकहरूलाई प्रयोग गरी द्वितीयक तथ्याङ्क सङ्कलन गरिएको छ । उल्लिखित अध्ययनमा दार्चुलेली भाषामा क्रियाको पदसङ्गति र नामको पदसङ्गति ऊर्जावत् छ । अकर्मक क्रिया चाहिँ कर्तासँग हुन्छ भने सकर्मक क्रिया कर्मसँग हुन्छ । कर्मको पछाडि विभक्ति आयो भने चाहिँ र कर्मसँग पनि नभई क्रियाको अन्य पुरुष एकवचन हुन्छ, मानवेतर जन्तुसँग पनि त्यस्तै पसदङ्गति हुन्छ । यसमा कोटिकार र लिङ्गको पनि प्रयोग हुन्छ । दार्चुलेली भाषा भूत र अभूतमा ऊर्जावत् रहेको छ । यस लेखबाट भाषा व्याकरणका क्षेत्रमा काम गर्ने विधार्थी, शिक्षक, अनुसन्धाताले लाभ लिन सक्ने अपेक्षा गरिेएको छ ।

Downloads

Download data is not yet available.
Abstract
43
PDF
50

Downloads

Published

2023-09-01

How to Cite

विष्ट Bista व. B. (2023). दार्चुलेली भाषामा ऊर्जावत् पदसङ्गति (Conjugation in Darchuleli Language). KMC Journal, 5(2), 362–385. https://doi.org/10.3126/kmcj.v5i2.58251

Issue

Section

Articles