विद्यार्थी सिकाइ उपलब्धि: असमानताका आयामहरू र कक्षाकोठामा आधारित परीक्षा (Student Learning Achievement: Dimensions of Inequalities and Classroom-based Examination)

Authors

  • देवीराम Deviram आचार्य Acharya PhD Scholar, Kathmandu University, School of Education

DOI:

https://doi.org/10.3126/kmcj.v5i2.58248

Keywords:

प्रवेशिका परीक्षा, सिकाइ उपलब्धि, सिकाइ असमानता, कक्षाकोठा आधारित परीक्षा, एक्काइसौं शताब्दिका सिप

Abstract

औपचारिक शिक्षा प्रणालीमा राष्ट्रिय पाठ्यक्रमले निर्धारण गरेका सिकाइ उपलब्धि हासिल गराउनका लागि विभिन्न प्रक्रिया, संरचना र क्रियाकलापहरू निर्धारण गरिएको हुन्छ । सोही अनुसार संरचित पाठ्यक्रम, पाठ्यपुस्तक, शिक्षक निर्देशिका, पाठ्यक्रम प्रवोधिकरण, अन्य शैक्षिक सामग्री, निश्चित योग्यता र क्षमता भएका शिक्षक, प्रधानाध्यापक, व्यवस्थापन समिति, विद्यालयको भौतिक पक्ष लगायत अन्य प्रशासनिक इकाइहरूको व्यवस्था गरिएको हुन्छ । यी सबै व्यवस्थाहरू विद्यार्थीमा तोकिएको सिकाइ उपलब्धि अधिकतम रूपमा हासिल गराउनेतर्फ लक्षित हुन्छन् । शैक्षिक सुशासन र जवाफदेहितालाई प्रवर्धन गर्दै विद्यार्थीको सिकाइ उपलब्धि हासिल गराउनु मुख्य उद्देश्य भएकाले त्यसको परीक्षण गर्ने कार्यलाई पनि अझ महत्वपूर्ण मानिन्छ । परीक्षामा आधारित जवाफदेहिताका अभ्यासहरू प्रचलित छन् । नेपालमा कक्षा ३, ५, ८ र १० मा राष्ट्रिय उपलब्धि परीक्षण र कक्षा ८, १० र १२ मा सार्वजनिक परीक्षा हुने गरेको छ । यी परीक्षाहरूका नतिजाले विद्यार्थीको सिकाइ उपलब्धि निरन्तर कमजोर हुँदै गएको र त्यो कमजोर सिकाइ उपलब्धिमा पनि विभिन्न खाले गहिरा असमानताहरू देखाएका छन् । यो लेख सिकाइ उपलब्धिमा देखिएका विभिन्नखाले असमानता आयामहरू कस्ता छन्, कुन कुन समूहका बीच के कति मात्रामा असमानता छ र ती असमानता कम गर्न कक्षाकोठामा आधारित परीक्षाले कसरी सहयोग गर्छ भन्ने प्रश्नहरूमा आधारित छ। द्वितीय स्रोतबाट प्राप्त परिमाणात्मक तथ्याङ्क र अनुसन्धानकर्ताले सङ्कलन गरेका प्राथमिक गुणात्मक सूचना र विभिन्न अध्ययन अनुसन्धानलाई सन्दर्भ सामग्रीको रूपमा प्रयोग गरी ती असमानताहरूलाई विश्लेषण गरिएको छ । सिकाइ उपलब्धिमा विभिन्नखाले असमानताहरू विद्यमान रहेका छन् । ती असमानताहरूलाई न्यूनीकरण गर्न कक्षाकोठामा आधारित परीक्षालाई प्रभावकारी बनाउन आवश्यक छ । यसका लागि शिक्षक क्षमता विकास र परीक्षाका अभ्यासका लागि विद्यालयको स्वायत्तामा जोड दिनु आवश्यक हुन्छ ।

Downloads

Download data is not yet available.
Abstract
73
PDF
106

Downloads

Published

2023-09-01

How to Cite

आचार्य Acharya द. D. (2023). विद्यार्थी सिकाइ उपलब्धि: असमानताका आयामहरू र कक्षाकोठामा आधारित परीक्षा (Student Learning Achievement: Dimensions of Inequalities and Classroom-based Examination). KMC Journal, 5(2), 299–315. https://doi.org/10.3126/kmcj.v5i2.58248

Issue

Section

Articles