सामुदायिक विद्यालयमा मातृभाषामा आधारित बहुभाषिक शिक्षाको कार्यान्वयन
DOI:
https://doi.org/10.3126/kjmr.v3i3.87228Keywords:
मातृभाषा, बहुभाषिकता, नीतिगत व्यवस्था, आधारभूत तह, सांस्कृतिक मान्यताAbstract
बहुजातीय र बहुभाषिक देश नेपालमा आधारभूत तहका कक्षामा अध्ययन गर्न जाने बालबालिका विविध भाषिक पृष्ठभूमिका छन् । सामुदायिक विद्यालयको आधारभूत तहका कक्षामा मातृभाषामा आधारित बहुभाषिक शिक्षा कार्यान्वयनको अवस्थासम्बन्धमा प्रस्तुत लेख केन्द्रित छ । सामुदायिक विद्यालयमा बालबालिकाको मातृभाषा सिकाइ र बहुभाषिक शिक्षा कार्यान्वयनको अवस्थालाई लेखमा प्रस्तुत गरिएको छ । राज्यले कुनकुन मातृभाषामा शिक्षा प्रदान गर्ने भन्ने सम्बन्धमा भाषानीति र योजनामा स्पष्ट उल्लेख हुनुपर्दछ । आधारभूत तहका बालबालिकालाई उनीहरूको मातृभाषामा शिक्षा प्रदान गर्न सकिने नीतिगत व्यवस्था छ । नीतिगत रूपमा रहेको व्यवस्था कार्यान्वयन तहमा जाँदा धेरै प्रकारका समस्याहरू रहेका छन् । एउटै कक्षामा बहुभाषिक विद्यार्थीको उपस्थिति, बहुभाषिक शिक्षकको व्यवस्था, नीतिगत स्पष्टताजस्ता पक्षमा ध्यान पु¥याउन सकिएमा मातृभाषामा आधारित बहुभाषिक शिक्षा कार्यान्वयन पक्ष प्रभावकारी हुन्छ ।