ज्येष्ठ नागरिकको आर्थिक, सामाजिक तथा स्वास्थ्य अवस्था {Economic, Social and Health Status of Senior Citizens}

Authors

  • पवित्रा Pabitra अधिकारी Adhikari कनकाई बहुमुखी क्याम्पस, सुरुङ्गा, झापा

DOI:

https://doi.org/10.3126/kj.v3i1.65914

Keywords:

ज्येष्ठ नागरिक, पाका व्यक्ति, बुढाबुढी, वृद्धावस्था, बुढापाका, बुढ्यौली

Abstract

नेपालमा साधारणतया ६० वर्ष वा सोभन्दा माथिको जनसंख्यालाई वृद्ध वा ज्येष्ठ जनसंख्याको रूपमा लिने गरिन्छ । सन् २०२१ को जनगणना अनुसार नेपालको कुल जनसंख्याको १०.२१ प्रतिशत ज्येष्ठ नागरिकहरूको संख्या रहेको छ । यस अध्ययनको प्रमुख उद्देश्य नेपालको झापा जिल्लास्थित कनकाई नगरपालिकाका ज्येष्ठ नागरिकहरूको उमेर, शिक्षा, पेसा, आयस्तर, सामाजिक सुरक्षा र  स्वास्थ सेवाको अवस्था पत्ता लगाउनु रहेको छ । आर्थिक तथा सामाजिक क्षेत्रमा ज्येष्ठ नागरिकहरूमाथि गरिएको यस अध्ययनमा उनीहरूको उमेर, शिक्षा, पेसा, आयस्तर, सामाजिक सुरक्षा र स्वास्थ्यको अवस्था पत्ता लगाउने विषय समेटिएको छ । ज्येष्ठ नागरिकसम्बन्धी आर्थिक तथा सामाजिक क्षेत्रका उद्देश्यहरू राखेर परिमाणात्मक अनुसन्धान ढाँचामा यो अध्ययन सम्पन्न गरिएको छ । उद्देश्यमूलक नमूना छनौट विधि प्रयोग गरी तथ्याङ्कलाई विश्लेषणात्मक ढाँचामा यो अध्ययन सम्पन्न गरिएको छ । प्राप्त नतिजा अनुसार उमेर अनुसार गरिएको अध्ययनमा सबैभन्दा बढी ७५-७९ वर्षका १४ जना र सबैभन्दा कम ९०-९४ बर्षका ३ जना ज्येष्ठ नागरिक रहेका छन् । शिक्षा अनुसार गरिएको अध्ययनमा सबैभन्दा बढी निरक्षर २२ जना, साक्षर र प्राथमिक १६/१६ जना, आई.ए. १ जना र एम.ए. १ जना रहेको कुरा अध्ययनबाट प्राप्त भएको छ । कृषि पेसामा २६ जना र अन्य पेसामा ३४ जनाको संलग्नता रहेको छ । न्यून आयस्तर भएका २२ जना, मध्यम आयस्तर भएका ३६ जना र उच्च आय भएका २ जना रहेका छन् भने ज्येष्ठ नागरिकहरूको स्वास्थ्यको अवस्थाको अध्ययन गर्दा साधारण रोग लागेका १८ जना र दीर्घ रोग लागेका ४२ जना रहेको छ । ज्येष्ठ नागरिक भत्ता प्राप्त गर्ने ४० जना र भत्ता प्राप्त नगर्ने २० जना रहेका छन् भने प्राप्त भएको भत्ता रकमबाट घरायसी कामको लागि खर्च गर्ने १७ जना र औषधि उपचारमा खर्च गर्ने २३ जना रहेको कुरा अध्ययनबाट प्राप्त भएको छ । ज्येष्ठ नागरिकहरूको  आर्थिक, सामाजिक र स्वास्थ्य क्षेत्रमा उनीहरूको अवस्था कमजोर रहेको कुरा अध्ययनको निष्कर्ष रहेको छ । 

Downloads

Download data is not yet available.
Abstract
41
PDF
21

Author Biography

पवित्रा Pabitra अधिकारी Adhikari, कनकाई बहुमुखी क्याम्पस, सुरुङ्गा, झापा

उप-प्राध्यापक

Downloads

Published

2023-12-31

How to Cite

अधिकारी Adhikari प. P. (2023). ज्येष्ठ नागरिकको आर्थिक, सामाजिक तथा स्वास्थ्य अवस्था {Economic, Social and Health Status of Senior Citizens} . Kanakai Journal, 3(1), 112–124. https://doi.org/10.3126/kj.v3i1.65914

Issue

Section

Articles