जय भुँडी निबन्धमा प्रगतिवाद {Progressivism in Jai Bhundi Essay}

Authors

  • जीवनाथ Jivanath सुवेदी Subedi कनकाई बहुमुखी क्याम्पस, सुरुङ्गा, झापा Kankai Multiple Campus, Surunga, Jhapa

DOI:

https://doi.org/10.3126/kj.v2i1.47388

Keywords:

सामाजिक यथार्थवाद, द्वन्द्वात्मक भौतिकवादी विचार, प्रगतिशील लेखक सङ्घ, माक्र्सवादी दर्शन, वर्ग संघर्ष

Abstract

यस लेखमा पाश्चात्य साहित्य सिद्धान्त प्रगतिवादका आधारमा भैरव अर्यालको ‘जय भुँडी’ निबन्धको अध्ययन र विश्लेषण गरिएको छ । विश्लेष्य निबन्धमा प्रगतिवादी वैचारिकता के कस्तो छ, भन्ने विषयलाई यस लेखमा अध्ययन गरी व्याख्या गरिएको छ । यस अध्ययनमा भैरव अर्यालको ‘जय भुँडी’ निबन्धका माध्यमद्वारा समाजमा चेतना जगाउने कार्य गरिएको छ कि छैन भन्ने कुराको प्रगतिवादी दृष्टिले खोजी गरिएको छ । शोधार्थीहरूद्वारा साहित्यकार भैरव अर्यालको जीवनी, व्यक्तित्व, कृतित्व आदिका सम्बन्धमा विश्वविद्यालयीय सोपाधिक अनुसन्धानहरू गरिएका छन् । साहित्यिक पत्रपत्रिकाले भैरव अर्याल विशेषाङ्क नै निकालेका छन् । विविध पुस्तकमार्फत अर्याल र उनका कृतिबारे अध्ययन भएका छन् । यस लेखमा भने ‘जय भुँडी’ निबन्धको प्रगतिवादी दृष्टिले अध्ययन गरिएको छ । यो गुणात्मक अनुसन्धानअन्तर्गतको अध्ययन भएकाले यसमा पुस्तकालयीय कार्यबाट सामग्री सङ्कलन गरी वर्णनात्मक अनुसन्धान विधिअन्तर्गत व्याख्या–विश्लेषण गरिएको छ । यसमा समाजवादी यथार्थवादका रूपमा स्थापित प्रगतिवादी सिद्धान्तको परिचय दिएर ‘जय भँुडी’ निबन्धको सङ्क्षिप्त समीक्षा गरी त्यसमा प्रगतिवादी प्रवृत्ति पहिल्याएर वर्णनात्मक अनुसन्धान विधिका आधारमा उक्त रचनाको व्याख्या–विश्लेषण गरिएको छ । तत्कालीन नेपाली समाजमा विद्यमान वर्गभेदको हास्यव्यङ्ग्यात्मक शैलीमा आलोचनात्मक चित्रण गरिएको यस निबन्धमा प्रगतिवादी विचारको स्पष्ट र प्रभावकारी प्रयोग गरी समाजिक चेतना जगाएइएको हुँदा यो प्रगतिवादी दृष्टिले विशिष्ट स्तरको निबन्ध हो भन्ने यस लेखको निष्कर्ष रहेको छ ।

Downloads

Download data is not yet available.
Abstract
62
PDF
59

Author Biography

जीवनाथ Jivanath सुवेदी Subedi, कनकाई बहुमुखी क्याम्पस, सुरुङ्गा, झापा Kankai Multiple Campus, Surunga, Jhapa

सह–प्राध्यापक Associate Professor

Downloads

Published

2022-08-17

How to Cite

सुवेदी Subedi ज. J. (2022). जय भुँडी निबन्धमा प्रगतिवाद {Progressivism in Jai Bhundi Essay}. Kanakai Journal, 2(1), 69–77. https://doi.org/10.3126/kj.v2i1.47388

Issue

Section

Articles