@article{पौडेल: Poudel_2022, title={‘बन्धनबाट मुक्ति’ कथामा सीमान्तीयता र बुढ्यौली व्यवस्थापन {Marginalization and old age management in the story ’Freedom from bondage’}, volume={2}, url={https://nepjol.info/index.php/kdk/article/view/43178}, DOI={10.3126/kdk.v2i1.43178}, abstractNote={<p>प्रस्तुत ‘बन्धनबाट मुक्ति कथामा सीमान्तीयता र बुढ्यौली व्यवस्थापन’ शीर्षकको लेख शारीरिक अशक्ततागत सीमान्तीयताका कोणबाट ‘बन्धनबाट मुक्ति’ कथाको विश्लेषण गरी उक्त कथाका सापेक्षतामा बुढ्यौली व्यवस्थापनका उपायहरू सुझाउने उद्देश्यले तयार पारिएको हो । कथा विश्लेषण एवम् बुढ्यौली व्यवस्थापन सम्बन्धी आवश्यक सामग्री पुस्तकालयबाट सङ्कलन गरिएको छ । पुस्तकालयबाट सङ्कलित प्राथमिक र द्वितीयक स्रोतका सामग्रीहरूको अध्ययनबाट प्राप्त सूचना वा तथ्याङ्कलाई वर्णनात्मक तथा व्याख्यात्मक विधिको उपयोगगरी कथाको विश्लेषण गर्नुका साथै बुढ्यौली व्यवस्थापन सम्बन्धी उपायहरूलाई आलेखमा उल्लेख गरिएको छ ।राजेन्द्र विमल (२००३) द्वारा लिखित उक्त कथाको प्रमुख पात्र चोआलाल र उनकी पत्नीले जीवनको उत्तरार्धमा आफ्नै सन्तानबाट भोग्नु परेका पीडा र व्यथाहरूलाई उमेरगत सीमान्तीयताका कोणबाट केलाइएको छ ।केलाउँदा कथाका केन्द्रीय पात्र चोआलाल र उनकी पत्नीले आफ्ना सन्तानबाट घृणा, अपहेलना, संवादहीनता, एक्लोपन,अर्थ÷सम्पति हरणजस्ता विकराल समस्याहरू भोग्नु परेको पाइन्छ । कथाकै सापेक्षतामा बुढ्यौलीको असल व्यवस्थापनकालागि सक्रिय शारीरिक जीवन, स्वस्थ र सन्तुलित भोजन, तनाव व्यवस्थापन, सकारात्मक सोच र समान व्यवहार,सामाजिक र आध्यात्मिक सोच, आत्मसंयमता र आत्मसन्तुष्टि, सरसफाइमा ध्यान, अध्ययन र भ्रमणजस्ता उपायहरूसुझाइएको छ । सन्तानले आफ्नो भविष्यको परिकल्पना र बाबुआमाले आफ्नो विगतलाई स्मरण गर्ने हो भने मात्रै पनिकेही हद्सम्म वृद्ध अवस्थामा कुनै पनि बाबुआमा आफ्ना सन्तानबाट प्रताडित र अपहेलित हुनु नपर्ने निष्कर्ष लेखमाप्रस्तुत गरिएको छ ।</p>}, number={1}, journal={Kaumodaki: Journal of Multidisciplinary Studies}, author={पौडेल: Poudel सुरज Suraj}, year={2022}, month={Feb.}, pages={119–130} }