कानून कार्यान्वयनः चुनौती, समस्या तथा सम्भावनाहरू

Authors

  • Bikram Nagarkoti
  • Ram Bahadur Shahi

DOI:

https://doi.org/10.3126/kdcbar.v1i1.86781

Keywords:

कानूनी प्रणाली, भ्रष्टाचार र कानूनी ज्ञान

Abstract

नेपालले विगत केही दशकहरूमा पञ्चायत हुदै राजतन्त्रबाट संघीय लोकतान्त्रिक गणतन्त्रमा राजनीतिक रूपान्तरणहरूको श्रृंखला देखेको छ । कानूनी प्रणालीको प्रभावकारिता केवल कानूनको मात्रा वा गुणस्तरले मात्र निर्धारण गर्दैन तर मुख्यतयाः कानूनहरू कति प्रभावकारी तबरबाट कार्यान्वयन हुन्छन् भन्ने कुराले निर्धारण गर्छ । दशकौंको राजतन्त्र र राजनीतिक अस्थिरताबाट अझै पनि संक्रमण भइरहेको संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको सन्दर्भमा कानूनको कार्यान्वयन निरन्तर एकदमै चुनौती बनेको अनि बन्दै गईरहेको छ । कानूनी कागजातहरू, दस्तावेज नीति समीक्षा, शैक्षिक तथा साहित्य क्षेत्रमा आधारित अध्ययनहरूमा आधारित लेखले प्रत्यक्ष राजनीतिक हस्तक्षेप, संस्थागत क्षमताको अभाव, भ्रष्टाचार र कानूनी ज्ञानको अनभिज्ञता जस्ता प्रमुख अवरोधहरू स्पष्ट रुपमा पहिचान गर्ने गरेको छ । यस लेखले नेपालमा कानून कार्यान्वयनमा बाधा पुर्याउने वा सहज बनाउने संरचनात्मक, संस्थागत र सामाजिक राजनीतिक कारकहरूको अन्वेषमा मद्दत गरी हालैका सुधार प्रयासहरूको पनि जाँच गर्दछ र नीतिगत सिफारिसहरू प्रदान गर्दछ । साथै यसले निष्कर्ष निकाल्नमा प्रयास गर्नेछ कि नेपालमा विधिको शासनको लागि कानूनी सुधार, संस्थागत सुदृढीकरण, नागरिक संलग्नता र राजनीतिक जवाफदेहिताको संयोजन पनि आवश्यक रहन्छ ।

Downloads

Download data is not yet available.
Abstract
0
PDF (नेपाली)
2

Author Biographies

Bikram Nagarkoti

अधिवक्ता

Ram Bahadur Shahi

अधिवक्ता

Published

2025-11-25

How to Cite

Nagarkoti, B., & Shahi, R. B. (2025). कानून कार्यान्वयनः चुनौती, समस्या तथा सम्भावनाहरू . KDCBAR Law Journal, 1(1), 156–161. https://doi.org/10.3126/kdcbar.v1i1.86781

Issue

Section

Articles