जबर्जस्ती करणी सम्बन्धि कानूनः एक विशलेषणात्मक टिपणी

Authors

  • Anu Bhattarai Sociology, LLB (TU)

Keywords:

अपराध र अपराधी, जर्वजस्ती करणी

Abstract

कानुनको मुख हुदैन तर न्यायको आवाज हुन्छ फेरि अपराध भनेको अपराध नै हो। अपराध र अपराधीको नत कुनै रंगरुप, नत कुनै जातभात, नत कुनै लिङ्ग,नत कुनै धर्म, नत कुनै भुगोल र नत कुनै भाषा नै हुन्छ । खाली अपराधलाई तथ्य र प्रमाण भन्दा बहेक अन्य कुनै पनि कुराले पखाल्न र ढाकछोप गर्न सक्दैन।चाहे पात्र महिलाहोस याफेरि पुरुष । आधुनिक न्याय प्रणालीमा फरक फरक उमेर समुहको व्यक्तिबीचमा भएका जर्वजस्ती करणी जस्तो घीन लाग्दो,मानवता विरुद्दको रंगिन र संगिन प्रकृतिका फौजदारी कसुरमा पीडित पक्षले आफ्नो उमेर समुहको आधारमा न्याय पाउने छन भने पीडकले पनि जति कम उमेरकी महिलालाई जवर्जस्ती करणी गरेको छ,त्यति नै बढी सजाय भोग्नु पर्ने हुन्छ । मन्जुरी वा अनुमति लिएर यौन सम्बन्ध स्थापित गरेको भएपनि अठार वर्ष भन्दा कम उमेरका कुनै बाल बालिकासँर्यलाई समेत जर्वजस्ती करणी नै मानिनेछ।त्यति मात्रै होईन कुनै पनि अठार वर्ष भन्दा माथी उमेर समुहको पक्षबाट लिएको सबै मन्जुरीलाई पनि कानुनले मन्जुरी मान्दैन।यदि यसरी करणीको लागि कुनै पनि व्यक्तिले,कुनै पनि अर्को पनि अठार वर्ष भन्दा माथी उमेर समुहको महिलालाई मन्जुरी लिदा त्यी महिलालाई करणी गर्ने पुरुषले करकाप,अनुचित प्रभाव,डर,त्रास,झुक्यानमा पारी वा अपहरण गरी वा शरीर बन्धक बनाएर त्यी महिलासँग मन्जुरी लिएको भएमा सो मन्जुरी लिएर गरेको कार्य पनि जवर्जस्ती करणी नै हुन्छ।हुन्छ।जवर्जस्ती करणी नहुनाको लागि करणी लिने व्यक्तिसँग  स्वतन्न्न रुपमा मन्जुरी लिएको अवस्थामा हुनुपर्ने हो । 

Abstract
91
PDF (Nepali)
0

Author Biography

Anu Bhattarai, Sociology, LLB (TU)

Mphil - ph.D scholar 

Downloads

Published

2025-11-25

How to Cite

जबर्जस्ती करणी सम्बन्धि कानूनः एक विशलेषणात्मक टिपणी . (2025). KDCBAR Law Journal, 1(1), 123-128. https://doi.org/10.3126/kdcbar.v1i1.86773

Issue

Section

Articles

How to Cite

जबर्जस्ती करणी सम्बन्धि कानूनः एक विशलेषणात्मक टिपणी . (2025). KDCBAR Law Journal, 1(1), 123-128. https://doi.org/10.3126/kdcbar.v1i1.86773