बार–बेन्च अन्तरकृयाको महत्व

Authors

  • Megh Raj Pokhrel सर्वोच्च अदालत

DOI:

https://doi.org/10.3126/kdcbar.v1i1.86771

Keywords:

बार–बेन्च अन्तर–सम्बन्ध, न्यायिक शिष्टाचार, न्यायिक स्वतन्त्रता

Abstract

यो लेखले बार–बेन्च अन्तर–सम्बन्ध र नेपालको प्रतिश्पर्धी (Adversarial) न्यायप्रणालीमा बार र बेन्चको  भूमिकालाई केन्द्रीय विषय बनाउँदै पेशागत आचरण, न्यायिक शिष्टाचार (Judicial etiquette), ‘अदालतका अधिकृत’का हैसियतमा बारको भूमिका तथा बार–बेन्च अन्तरसम्बन्धको विषयलाई समेट्ने प्रयाश गरेकोछ । यसमा बार–बेन्च विचको आपसी मर्यादा, अन्तर–विरोध (Conflict of Interests) हरुका सीमा, न्यायपालिका माथि सिर्जना हुने भ्रम निवारणका उपायहरु र सार्वजनिकरुपमा हुने टिका–टिप्पणीहरुको व्यवस्थापन कसरी गर्ने भन्ने जस्ता विषयहरूलाई व्यवहारिक उदाहरण सहित विवेचना गर्ने प्रयास गरिएको छ । लेखमा बार र बेन्चबिच विश्वास, सीमारेखा र अनुशासन बिना न्यायिक स्वतन्त्रता र न्यायप्रशासन कमजोर हुने मिमांसा गर्दै निरन्तर अन्तरकृया, आचारसंहिताको परिपालना, क्षमता विकास, र सहकार्य–सहसंवादका संस्थागत उपायहरू सुझाईएका छन् । सुदृढ बार–बेन्च सहकार्य नै न्यायापालिकाको विश्वसनीयता र नागरिकहरुको अधिकार संरक्षणको पूर्वशर्त हो र दुवै पक्षले विधि, शिष्टाचार र नैतिक मानकहरुको उच्चतम पालना गर्दा मात्र न्यायप्रणाली प्रभावकारी र उत्तरदायी बन्न सक्छ भन्ने निष्कार्ष यसमा निकालिएको छ ।

Downloads

Download data is not yet available.
Abstract
0
PDF (नेपाली)
1

Author Biography

Megh Raj Pokhrel, सर्वोच्च अदालत

न्यायाधीश

Published

2025-11-25

How to Cite

Pokhrel, M. R. (2025). बार–बेन्च अन्तरकृयाको महत्व . KDCBAR Law Journal, 1(1), 1–9. https://doi.org/10.3126/kdcbar.v1i1.86771

Issue

Section

Articles