समानान्तरताका आधारमा चरीमाई उपन्यासको विश्लेषण
DOI:
https://doi.org/10.3126/kaladarpan.v5i1.74736Keywords:
अभिव्यक्तिगत सौन्दर्य, आन्तरिक समानान्तरता, कृतिपठन, बाह्य समानान्तरता, शैलीविज्ञानAbstract
प्रस्तुत लेखमा समानान्तरताका आधारमा चरीमाई उपन्यासको विश्लेषण गरिएको छ । यस लेखको मुख्य उद्देश्य समानान्तरताका आधारमा चरीमाई उपन्यासको विश्लेषण गर्नु हो । यसमा प्राथमिक सामग्रीका रूपमा चरीमाई उपन्यासलाई लिइएको छ भने पुस्तकालय कार्यबाट पुस्तक तथा लेखरचनाहरूलाई द्वितीय सामग्रीका रूपमा उपयोग गरिएको छ । यस लेखमा वर्णनात्मक विधिको प्रयोगद्वारा चरिमाई उपन्यासमा भाव, परिवेश र पात्रअनुकुल हुने गरी समानान्तरताका सान्दर्भिक प्रयोगको खोजी गरिएको छ । समानान्तरताद्वारा बाह्य तथा आन्तरिक सौन्दर्यमा वृद्घि गराउनुका साथै भावगत गहनतालाई जीवन्त तुल्याएको देखिन्छ । समानान्तरताको उपयोगका क्रममा लक्ष्यार्थ र व्यञ्जनामूलक भाषिक एकाइको प्रयोग गरी विभिन्न प्रतीकात्मक भाषिक उपयोगद्वारा आर्थी अभिव्यक्तिलाई आकर्षक तुल्याइएको छ । उपन्यासकारले भाषिक सौन्दर्य र अर्थगत सामथ्र्य बढाउन समानान्तरताको यथेष्ट उपयोग गरेका छन् । त्यस्तै समानान्तरताद्वारा प्रस्तुतिलाई चमत्कारपूर्ण तुल्याउन विभिन्न अलङ्कार, विम्ब, प्रतीक, उखान र टुक्काको प्रयोग गरेको देखिन्छ । उपन्यासमा समानान्तरताको उपस्थितिका निम्ति ध्वनि, भाषिकागत, प्रयुक्ति, व्याकरणिक तथा आर्थी तहमा विचलनका सान्दर्भिक प्रयोग गरिएको पाइन्छ । उपन्यासमा भाव, परिवेश र पात्रअनुकुल हुने गरी समानान्तरताका सान्दर्भिक तथा सार्थक प्रयोगले उपन्यास रोचक, सौन्दर्यपूर्ण र कलात्मक बन्न गएको निष्कर्ष निकालिएको छ । यो अध्ययन शिक्षक, विद्यार्थी, साहित्यप्रेमी तथा पाठकवर्गलाई उपयोगी हुने अपेक्षा गरिएको छ ।