प्रह्लाद नाटकमा मृत्यु चिन्तन

Authors

  • लेखराज Lekhraj खतिवडा khatiwada Tribhuvan University

DOI:

https://doi.org/10.3126/kaladarpan.v5i1.74735

Keywords:

आत्मा, मोक्ष, मृत्यु, युद्ध, शरीर, हत्या

Abstract

प्रस्तुत लेखमा नाटककार बालकृष्ण समले लेखेको प्रह्लाद नाटकमा व्यक्त भएको मृत्यु चिन्तनको खोजी गरिएको छ । समले विष्णुपुराणमा पाइने हिरण्यकशिपु र उसको छोरो प्रह्लादसँग सम्बन्धित घटनालाई नाटकीकरण गरी प्रस्तुत नाटक लेखेका हुन् । छोरो प्रह्लाद आफ्नो विरोधी देखिएको र उसले आफ्नो परमशत्रु भगवान् विष्णुको भक्ति गरेपछि हिरण्यकशिपु छोराप्रति ज्यादै क्रोधित भएको र उसले आफ्नै छोेरो प्रह्लादलाई मार्न खोजे पनि ऊ विष्णुका कृपाले बाँचेको तर अन्त्यमा हिरण्यकशिपु आपैmले मृत्युवरण गर्न पुगेको घटनामा पुगी टुङ्गिएको प्रस्तुत नाटकमा मृत्यु चिन्तन व्यक्त भएको पाइन्छ । यस संसारमा जन्मेजति सबै प्राणीको एक दिन अवश्यै मृत्यु हुन्छ भन्ने मान्यता रहेको छ र प्राणीको मृत्युसम्बन्धी प्रचलित यही मान्यता नै मृत्यु चिन्तन हो । प्रस्तुत नाटकमा मुख्यतः यसका प्रमुख दुई पात्र प्रह्लाद र हिरण्यकशिपुका विचार एवम् कार्यव्यापारमार्पmत मृत्युसम्बन्धी धारणा व्यक्त गरिएको छ । त्यस सिलसिलामा प्रस्तुत नाटकमा सबै प्राणीको मृत्यु अवश्यम्भावी छ, मृत्यु नै भयको कारण हो अनि मृत्यु नै मोक्षको मार्ग हो भन्ने मृत्यु चिन्तन प्रह्लाद र हिरण्यकशिपुमार्पmत व्यक्त गरिएको छ । त्यसैले प्रस्तुत लेखमा समले लेखेको प्रह्लाद नाटक मृत्यु चिन्तनको अभिव्यक्तिका दृष्टिले निकै सफल देखिन्छ भन्ने निष्कर्ष निकालिएको छ ।

Downloads

Download data is not yet available.
Abstract
21
pdf
11

Downloads

Published

2025-01-30

How to Cite

खतिवडा khatiwada ल. L. (2025). प्रह्लाद नाटकमा मृत्यु चिन्तन. Kaladarpan कलादर्पण, 5(1), 64–73. https://doi.org/10.3126/kaladarpan.v5i1.74735

Issue

Section

Articles