नेपाली भाषाको उत्पत्ति र विकास
DOI:
https://doi.org/10.3126/kaladarpan.v5i1.74733Keywords:
अभिलेख, अपभ्रंस, आगन्तुक, मातृभाषा, मानकीकरणAbstract
एक हजार वर्षको इतिहास बोकेको नेपाली भाषाको उत्पत्ति कुन मूल भाषाबाट विकास भएको हो भन्ने विषयमा मत भिन्नता रहेको छ । भारोपेली भाषा परिवारको कुन शाखाबाट विकास भएको हो भन्नेमा भाषाविद्हरूका बिच मत भिन्नता देखिएको छ । अधिकांश विद्वानहरू भारोपेली परिवारको शतम् वर्गमा पर्ने आर्य इरानेली शाखाको आर्य भाषाबाट नेपाली भाषाको जन्म भएको कुरामा सहमत छन् । हाल नेपाली भाषा ज्ञान, विज्ञान, कला, साहित्य, दर्शन, आदि क्षेत्रमा प्रयोग भएर समृद्ध बनिसकेको छ । दुल्लु अभिलेखदेखि थालनी भएको यस भाषाको विकास अभिलेखकालपछि आख्यानग्रन्थ एवम् साहित्यिक रचनाहरूबाट परिष्कृत हुँर्दै आएको हो । थालनीदेखि हालसम्मको नेपाली भाषाको विकास प्राथमिक, मध्यकालीन र आधुनिक गरी तिन चरणमा भएको छ ।