‘अणिमा’ का लघुकथामा विश्वदृष्टि
DOI:
https://doi.org/10.3126/kaladarpan.v5i1.74732Keywords:
वर्गदमन, वर्चस्व, विश्वबोध, समानधर्मिता, सामूहिक विचारAbstract
प्रस्तुत लेख ‘अणिमा’मा सङ्गृहीत लघुकथामा निहित विश्वदृष्टिको विश्लेषणमा केन्द्रित रहेको छ । विश्वदृष्टि निश्चित वर्ग वा समूहको कर्मचिन्तन, भावना र विचारको समष्टिलाई मानिन्छ । यसमा व्यक्तिका नभई समूहका भावना र विचारको समग्र प्रतिनिधित्व भएको हुन्छ । नेपाली समाजका समकालीन विचारको अभिव्यक्ति भएका चौसट्ठी ओटा लघुकथा समावेश भएको अणिमाका कथाभित्र निहित विश्वदृष्टिको खोजी गर्ने यस लेखको उद्देश्य रहेको छ । मूलतः पुस्तकालय कार्यबाट सामग्री सङ्कलन गरी तयार पारिएको यस लेखमा सामग्रीको विश्लेषण वर्णनात्मक विधिमा गरिएको छ । नेपाली समाजमा आम रूपमा भोगिएका यथार्थताको समानधर्मिता र समकालीन समाजका विसङ्गतिप्रतिको विरोधपूर्ण सामूहिक विचार रहेका ‘अणिमा’ का लघुकथा समाजसापेक्ष र प्रभावकारी देखा परेका छन् ।